Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा पहिलोपटक कार्पेट एक्सपो विद्युतीय माध्यमबाट सञ्चालन गरिने

भारतमा पहिलोपटक कार्पेट एक्सपो विद्युतीय माध्यमबाट सञ्चालन गरिने


नयाँ दिल्ली, असार ३०
भारतमा पहिलो पटक कार्पेट एक्सपो विद्युतीय माध्यमबाट सञ्चालन गरिने भएको छ । कार्पेट निर्यात प्रवर्द्धन परिषद्ले आयोजना गरेको ४० औँ एक्सपोको विद्युतीय माध्यमबाट सञ्चालन गर्ने तयारी भएको हो । एक्सपो आगामी अगस्ट २१ देखि २५ तारिखसम्म योजना गर्ने तयारी भएको अधिकारीहरुले जानकारी दिएका छन् । कोरोनाभाइरसको संक्रमण थप फैलिने डरले विद्युतीय माध्यमबाट एक्सपो सञ्चालन गर्ने निर्णय भएको उनीहरुको भनाइ छ । यस एक्सपोलाई भारतका कार्पेट निर्यातकर्ताहरुले एकैचोटी अन्तर्राष्ट्रिय बजारमा आफ्ना उत्पादनहरुको प्रवद्र्धन गर्ने मौकाका रुपमा लिइन्छ । उनीहरुले आफ्ना उत्पादनका बारेमा क्रेताहरुलाई बुझाउन पाउनेछन् भने कतिपय एजेण्डाहरुका बारेमा पनि छलफल गर्नेछन, परिषद्द्वारा जारी वक्तव्यमा लेखिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x