Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजोनी वाकर ह्विस्की अब कागजी बोटलमा उपलब्ध हुने

जोनी वाकर ह्विस्की अब कागजी बोटलमा उपलब्ध हुने


लन्डन, असार ३०
पेयपदार्थ ‘जोनी वाकर’ ह्विस्की अब कागजी बोटलमा उपलब्ध हुने भएको छ । १ सय ५० वर्ष लामो इतिहास बोकेको डियागोले अब जोनी वाकर कागजी बोटलमा बिक्री गर्ने जनाएको हो । ह्विस्की आगामी वर्षदेखि नयाँ प्याकेजिङसाथ आउने कम्पनीले जानकारी दिएको छ । पेयपदार्थलाई अझ सहुलियत हुने गरी पूर्ण प्लाष्टिकमुक्त बोटलमा बिक्री गरिनेछ । कम्पनीले ‘पल्पेक्स’ फर्म खडा गरेर यसमा काम गर्नेछ । पल्पेक्सले युनिलिभर र पेप्सिकोका लागि पनि कागजी बोटल बनाउँछ । डियागोको कागजी बोटल सन् २०२१ मा परीक्षण प्रयोग गरिनेछ । उक्त बोटल पुनप्रयोग गर्न मिल्ने बनाइनेछ ।

रक्सी कम्पनीहरुले वातावरणमैत्री हुन अहिले प्लाष्टिकमुक्त प्योकिजिङलाई जोड दिन थालेका छन् । अर्को चर्चित कम्पनी काल्र्सबर्गले पनि बियरको कागजी बोटल बनाउनलागेको छ । बेलायती वाइन कम्पनी फ्रुजेलप्याकले पनि यो विधि अपनाइरहेको छ । तर कोका–कोलाले भने ग्राहकले रुचाइरहेकोले एकपटक प्रयोगका लागि प्लाष्टिक बोटललाई नै निरन्तरता दिने बताएको छ । डियागोले व्यवस्थापन कम्पनी पाइलट लिटसँग मिलेर पल्पेक्स फर्म खडा गर्नेछ । युनिलिभर र पेप्सिकोले पनि आफ्नै ब्रान्डको पल्पेक्स बोटल सन् २०२१ मा निर्माण गर्नेछन् ।

प्लाष्टिकको बढ्दो प्रयोगले वातावरण प्रदूषित भएको भन्दै कम्पनीहरुमाथि दबाब बढिरहेको छ । सन् २०१८ मा प्याकेज खाना र पेय पदार्थमा ८२ लाख टन प्लाष्टिक प्रयोग भएको आईएलजी एनालिष्टले जनाएको छ । डियागोले भने आफूले कुल प्याकेजिङमा केवल ५ प्रतिशत प्लाष्टिक प्रयोग गर्ने गरेको जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया