Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारगुगलले ‘डिजिटल इन्डिया’मा १० अर्ब डलर लगानी गर्ने

गुगलले ‘डिजिटल इन्डिया’मा १० अर्ब डलर लगानी गर्ने


भारत, असार ३०
इन्टरनेटमा खोजीसम्बन्धी कम्पनी गुगलले भारतमा आगामी ५ देखि ७ वर्षसम्ममा १० अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । कम्पनीका प्रमुख कार्यकारी सुन्दर पिचाईले यस्तो घोषणा गरेको बीबीसीले जनाएको छ । ‘भारतका लागि गुगल’ अनलाइन वार्षिक कार्यक्रमलाई सम्बोधन गर्दैै उनले लगानीको घोषणा गरेका हुन् । उक्त लगानी वस्तु र सेवा उत्पादनमा खर्च हुनेछ भने व्यवसायको डिजिटाइजेसन र प्रविधि प्रयोगमा खर्च हुनेछ ।

भारतले डिजिटल अर्थतन्त्रलाई जोड दिइरहेकाले गुगलले त्यसमा सहयोग गर्ने हेतुले लगानी घोषणा गरेको हो । भारतमा ५० करोड सक्रिय इन्टरनेट प्रयोगकर्ता छन् । यस अर्थमा भारत गुगलको ठूलो सम्भावनायुक्त बजार हो । घोषित लगानी रकम गुगल फर इन्डिया डिजिटाइजेसन फन्डबाट आउनेछ । उक्त फन्डले चार क्षेत्रलाई समेट्नेछ । त्यसमा हरेक भारतीयलाई आफ्नै भाषामा सूचना प्राप्त गर्ने पहुँच दिने, भारतीयको आवश्यकतालाई सम्बोधन गर्ने गरी वस्तु र सेवा उत्पादन गर्ने, स्थानीय व्यवसाय जो डिजिटल रुपान्तरण हुन चाहन्छन्, उनीहरुलाई सशक्तीकरण गर्ने र स्वास्थ्य, शिक्षा र कृषिजस्ता क्षेत्रमा सामाजिक सहयोगका लागि प्रविधि र एआई सुविधा दिने लगायत छन् । अमेरिकी कम्पनीका सीईओ पिचाईले प्रधानमन्त्री नरेन्द्र मोदीको डिजिटल इन्डिया परियोजनाको खुलेर प्रशंसा गरे ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x