Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा कोरोना भाइरस संक्रमित संख्या नौ लाख नाघ्यो

भारतमा कोरोना भाइरस संक्रमित संख्या नौ लाख नाघ्यो


नयाँ दिल्ली, असार ३१
भारत कोरोना भाइरसको संक्रमतिको संख्या ९ लाख नाघेको छ । गत २४ घण्टामा २८ हजार ४ सय ९८ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ९ लाख ६ हजार ७ सय ५२ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार बिहान जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा भारतभरी कोरोनाभाइरसका कारण ५ सय ५३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

देशभरी कुल सक्रमितमध्ये तीन लाख ११ हजार ५ सय ६५ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् । त्यसैगरी पाँच लाख ७१ हजार ४ सय ५९ जना संक्रमणमुक्त भएका छन् भने २३ हजार ७२७ जनाको मृत्यु भएको छ । भारतमा सब भन्दा बढी प्रभावित महाराष्ट्र राज्य रहेको छ । महाराष्ट्रमा मात्रै दुई लाख ६० हजार ४६१ जना संक्रमित भएका छन् भने दश हजार ४८२ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x