Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएयरबसमाथि लगाएको अतिरिक्त कर हटाउन अमेरिकासँग ईयूको माग

एयरबसमाथि लगाएको अतिरिक्त कर हटाउन अमेरिकासँग ईयूको माग


ब्रसेल्स, साउन ११
एयरबस कम्पनीले विश्व स्वास्थ्य संगठनको आदेशको पालना गरिरहेको अवस्थामा संयुक्त राज्य अमेरिकाले एयरबसमाथि अतिरिक्त कर नउठाउन युरोपेली आयोगले माग गरेको छ । आयोगका व्यापार आयुक्त फिल होगनले भने, ‘युरोपेली उत्पादनहरूमा नाजायज कर उठाउने अमेरिकी निर्णय इयूलाई स्वीकार्य छैन । अमेरिकाले अन्यायपूर्ण रूपमा शुल्कहरू उठाइरहेको र यसलाई तुरून्त हटाउनुपर्छ ।’

महामारीका कारण कम्पनीलाई आर्थिक समस्या भएको भन्दै एयरबसले विश्वभरबाट हजारौँ कर्मचारी हटाउन लागेका समाचारहरू आएका समय यूरोपेली आयोगले अमेरिकाद्वारा प्रसिद्ध यूरोपेली विमान निर्माता कम्पनीसँग उठाउने गरेको करबारे आवाज उठाएको हो ।

युरोपियन विमान कम्पनी एयरबसमा हजारौँ रोजगारीका अवसर कटौतीको बिषयलाई लिएर यूरोपेली मुलुकहरूमा यससँग आवद्ध कर्मचारीहरू आन्दोलित बनेका छन् । कम्पनीले महामारीका कारण कर्मचारी कटौती गर्नुपर्ने अवस्था आएको बताएको छ । यद्यपि सयौं रोजगारी कटौती गर्ने घोषणा यूरोपमा महामारी सुरू हुनुभन्दा पहिले फेब्रुअरीमा गरिएको थियो । तर कोरोनाभाइरस महामारीले कम्पनी निकै प्रभावित बनेपछि जुनको अन्त्यमा घटाउने पदहरूको संख्या दोब्बर हुने घोषणा गरिएको छ ।

जुनको अन्त्यमा एयरबसले विश्वभर आफ्ना १५ हजार कर्मचारीलाई कटौती गर्ने योजना बनाइरहेको बताएको थियो भने यसमध्ये स्पेनमा ८ सय ८९ कर्मचारी हटाउने एयरबसले जनाएको छ । एयरबसले महामारीको प्रतिक्रियास्वरूप कूल जनशक्तिको ११ प्रतिशत कर्मचारीलाई घटाउन लागेको बताउँदै आएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x