Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार‘युरोप, अमेरिका र चीनमा कार बिक्री बढ्न थाल्यो’

‘युरोप, अमेरिका र चीनमा कार बिक्री बढ्न थाल्यो’


बर्लिन ।
युरोप, अमेरिका र चीनमा दुई वर्षयता पहिलोपटक सेप्टेम्बर महिनामा सँगसँगै कार बिक्रीमा वृद्धि देखिएको छ । जर्मन एसोसिएसन अफ द अटोमोटिभ इन्डस्ट्री (भीडीए)ले शुक्रबार जनाएअनुसार पेसेन्जर कारको बिक्री दर बढेको हो । यसका बाबजुद विश्व महामारी कोरोना रोक्न लागू भएका सरकारी नियमले भने अन्तर्राष्ट्रिय अटोमोबाइल उत्पादनमा भने असर गरिरहेको छ । सबै बजार अहिले पनि रातो अर्थात् नकारात्मक अवस्थामै रहेको भीडीएले जनाएको छ । यो वर्ष ७८ लाख कम नयाँ कारहरु उक्त तीन मुख्य क्षेत्रमा बिक्री भएका छन् ।

गत वर्षको सोही अवधिको तुलनामा उक्त परिमाणमा कम बिक्री भएको हो । सेप्टेम्बरमा पेसेन्जर कार चीनमा उच्च दरमा बिक्री भएको छ । भीडीएका अनुसार उक्त महिनामा ८ प्रतिशतले बिक्री बढेर २१ लाख नयाँ कार बिक्री भएको छ । यसमा पहिलो तीन त्रैमासिकको जोड्दा कुल १ करोड ३१ लाख पेसेन्जर कार बिक्री भएको छ । युरोपमा भने पहिलोपटक कार बिक्री सेप्टेम्बरमा बढेर १३ लाख नयाँ रजिष्ट्रेसन भएको छ । जुन गत वर्षभन्दा १ प्रतिशतले बढी हो । तर युरोपका पाँच ठूला बजारको बिक्री चित्र भने फरक फरक रहेको बताइएको छ ।

इटालनी र जर्मनीमा क्रमशः १० र ८ प्रतिशतले बिक्री दर बढेको छ भने फ्रान्स र बेलायतमा गत वर्षको सोही महिनाको तुलनामा माइनस तीन र माइनस चार प्रतिशतले कार बिक्री घटेको छ । स्पेनमा १३ प्रतिशतले कार बिक्री घटेको छ । भीडीएका अनुसार अमेरिकाको कार र ट्रकजस्ता हलुका सवारी बजारमा पनि ६ प्रतिशतले नयाँ सवारीसाधन बिक्री बढेर १३ लाख पुगेको छ । फेब्रुअरीयता पहिलोपटक नयाँ सवारीसाधन बिक्री बढेको हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया