छानोमा समस्या देखिएपछि डायम्लरले साढे सात लाख कार फिर्ता गर्ने
वासिङ्टन, पुस २१
जर्मन अटोनिर्माता डायम्लर एजीले अमेरिकाबाट साढे सात लाख मर्सिडिज बेन्ज कारहरु फिर्ता लिने भएको छ । शनिबार विज्ञप्ति जारी गर्दै कम्पनीले सन् २००१ देखि २०११ सम्मको अवधिमा निर्माण भएका ती कारहरुमा छानोमा समस्या भेटिएको भन्दै अमेरिकाबाट ७ लाख ४४ हजार कारहरु फिर्ता लिने जनाएको हो । ठूलो परिमाणमा फिर्ता हुनलागेका कारहरुमा सी क्लास, सीएलके क्लास, सीएलएस क्लास र ई क्लास मोडल लाइनका कारहरु छन् ।
छानो उप्किने समस्या देखिएपछि उक्त कारहरु फिर्ता गरिनलागेको हो । मर्मतका लागि खर्च गरेका कारधनीले समेत कम्पनीबाट उक्त रकम फिर्ता पाउने बताइएको छ । यद्यपि मर्सिडिज बेन्ज अमेरिकाका प्रवक्ताले अमेरिकाबाट उक्त कार फिर्ता हुने बताए । गत महिनामात्रै कम्पनीले २ करोड डलर क्षतिपूर्तिको लागि सहमति जनाएको थियो । १४ लाख कार फिर्ता भएकोबारे अमेरिकी अधिकारीहरुले एक वर्ष लामो अनुसन्धान गरेका थिए । सो प्रकरणमा सहमति नभए कम्पनीले २ करोड डलर तिर्नुपर्ने बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सन्दर्भ पार्टी परित्याग : सम्बन्धित सबैको होस खोल्ने नै छ
- महालेखाको प्राविधिक परीक्षण स्वागतयोग्य
- इको प्यानलद्वारा मजदुरको स्वास्थ्य परीक्षण
- ‘समिट वुमन अफ द इयर’ सम्पन्न
- फाप्लुको जंगलबीचमा बनेको वृद्धाश्रमको भवन अलपत्र
- पर्यटन प्रवर्द्धनको लागि हनुमन्ते डाँडामा मेला
- जनसचेतन साकोसको आयोजनामा रक्तदान
- स्वावलम्बनको वित्तीय साक्षरता
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया