अब टेस्लाका कार बिटक्वाइनबाटै किन्न सकिने

अमेरिका ।
टेस्ला कम्पनीका कार अब बिटक्वाइनबाट पनि खरिद गर्न सकिने भएको छ । कम्पनीका प्रमुख एलन मस्कले डिजिटल मुद्राबाटै कारहरु खरिद गर्न सकिने बताएका हुन् । बिटक्वाइनमा असाध्यै रुचि राख्ने मस्कले सामाजिक सञ्जाल ट्विटरबाट यस्तो घोषणा गरेका हुन् । उनको यो घोषणालाई अनपेक्षित मानिएको छ । अहिले बिटक्वाइनको मूल्य स्थिर छैन । यो दिनहुँ परिवर्तन भइरहेका कारण कारको बिटक्वाइन मूल्य पनि हरेक दिन फरक फरक हुनेछ । टेस्लाले भर्चुअल मुद्रामा ठूलै लगानी गरिसकेको छ । उसले केही समयअघि मात्रै डेढ अर्ब अमेरिकी डलर मूल्यको बिटक्वाइन खरिद गरेको थियो ।
त्योसँगै लगातारजसो बिटक्वाइनको मूल्य बढेर कीर्तिमान कायम गरेको थियो । मस्कको उक्त घोषणापछि बुधबार पुनः बिटक्वाइनको मूल्य आकाशिएको बीबीसीले जनाएको छ । मस्कले टेस्लाले आफ्नै आन्तरिक सफ्टवेयर ल्याएर बिटक्वाइन भुक्तानीको व्यवस्थापन गर्ने तयारी गरेको समेत बताएका छन् । त्यसैले सिधै बिटक्वाइन नोड्स सञ्चालन गर्नेछ । यस अर्थमा नोड्स भनेका कम्प्युटरजस्तै हुन्, जसले बिटक्वाइन कारोबारको प्रक्रिया मिलाउँछन् ।
मस्कका अनुसार टेस्लालाई भुक्तानीमा दिइने बिटक्वाइन बिटक्वाइनकै रुपमा रहनेछ । सरकारी नियन्त्रण रहने मुद्रामा विनिमय हुनेछैन । अमेरिकामा नयाँ टेस्ला कार सय डलर मूल्यबराबरको बिटक्वाइनसँगै अर्डर समेत गर्न सकिने भएको छ । यो सुविधा अब अन्य देशमा पनि उपलब्ध हुने मस्कले बताएका छन् । बिटक्वाइनको परिवर्तन भइरहने मूल्यका कारण वस्तु तथा सामान खरिदमा भने जटिलता हुनेछ ।
उदाहरणको लागि टेस्लाले यससम्बन्धी शर्त र अवस्थाको नियम बनाएको छ । जसअनुसार यदि फिर्ता गर्नुपर्ने (रिफन्ड) भएमा कम्पनीले बिटक्वाइनको जति मूल्य हो त्यसको आधारमा वा कारको अमेरिकी डलर मूल्यमा आधारित भएर आवश्यकताअनुसार गर्न सकिन्छ । यसको मतलब यदि फिर्ता गर्नुअगाडि नै बिटक्वाइनको मूल्य बढ्यो भने ग्राहकले घाटा समेत व्यहोर्नुपर्ने हुन्छ ।
मस्कको घोषणा अमेरिकी म्यागजिन कन्जुमर रिपोर्ट्सले टेस्लाका कारले भिडियो रेकर्ड गरेर फुटेज पठाइरहेको समाचार प्रकाशित भएकै दिन आएको हो । आफ्ना स्वचालित प्रविधि विकासमा मद्दतका लागि यसो गरिरहेको समाचारमा जनाइएको छ । तर यसबारे गोप्यता भंग हुने भन्दै चिन्ता व्यक्त गरिसकिएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमा कस्टुमर केयर सेवा
- लक्ष्मी बैंकद्वारा सिन्धुलीको रामटारमा शाखा विस्तार
- मेगा बैंक र भोटेबहाल तयारी पोसाक संघबीच सम्झौता
- रुरु हाइड्रो र एनआईबीएल एस क्यापिटलबीच सम्झौता
- इन्टरनेट खोजीमा मनलागी गरेको भन्दै बेलायती पत्रिकाद्वारा गुगलविरुद्ध मुद्दा
- अक्सिजन आपूर्तिमा समस्या हुँदा भारतमा २२ बिरामीको मृत्यु
- अर्बौं मागदाबी गर्दै टिकटकविरुद्ध मुद्दा
- लाखौँ अमेरिकी बेरोजगार
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
- जघन्य अपराधमा राज्य उदासीन
तपाईको प्रतिक्रिया