Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानको व्यापारघाटा दुई अर्ब ९६ करोड अमेरिकी डलर

पाकिस्तानको व्यापारघाटा दुई अर्ब ९६ करोड अमेरिकी डलर


इस्लामावाद ।
मार्च महिनामा पाकिस्तानको व्यापारघाटा ९७.६ प्रतिशतले बढेको छ । उक्त दरले बढेर एक महिनाको व्यापारघाटा दुई अर्ब ९६ करोड अमेरिकी डलर पुगेको हो । पाकिस्तानी मिडियाका अनुसार अघिल्लो वर्ष सोही अवधिमा डेढ अर्ब डलर मात्रै थियो । पछिल्लो तथ्यांक पाकिस्तानको वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको हो । महिनागत तुलनामा व्यापारघाटा १७.७७ प्रतिशतले बढेको बताइएको छ । गत वर्षको डिसेम्बरयता व्यापार दूरी अझै फराकिलो भएको छ । फेब्रुअरी महिनामा २३.९३ प्रतिशतले बढेर दुई अर्ब ५२ करोड डलर पुगेको थियो ।

गत वर्षको सोही महिनामा दुई अर्ब तीन करोड डलर मात्रै रहेको थियो । मार्च महिनामा पाकिस्तानको आयात समेत पाँच अर्ब ३१ करोड ३० लाख डलरले बढेको छ । पेट्रोलियम, गहुँ, भटमास, मेसिनरी, कच्चा पदार्थ, केमिकल्स, मोबाइल, मल, टायर र एन्टिबायोटिक्स तथा खोपको आयात बढेको छ । नौ महिनामा व्यापारघाटा बढेर २१ अर्ब २४ करोड डलर पुगेको छ । सोही अवधिमा गत वर्ष १७ अर्ब ३५ करोड डलर रहेको थियो । यो भनेको २२.४ प्रतिशत वृद्धि हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया