Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबङ्लादेशमा एक हप्ता लकडाउन

बङ्लादेशमा एक हप्ता लकडाउन


ढाका ।
कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न भन्दै बङ्लादेशमा एक हप्ते लकडाउन घोषणा गरिएको छ । स्थानीय समयअनुसार यही अप्रिल ५ देखि लागू हुने गरी सरकारले लकडाउनको घोषणा गरेको अधिकारीहरुले जनाएका छन् । बङ्लादेशका सडक, यातायात तथा पुलमन्त्री अब्दुल क्वाडरले शनिबार अनलाइन पत्रकार सम्मेलनमार्फत लकडाउन घोषणा गरिएको जानकारी दिएका हुन् ।

लकडाउनका लागि नयाँ निर्देशिका सरकारले चाँडै घोषणा गर्ने सार्वजनिक प्रशासन मन्त्री फहाद हुसेनले बताए । अत्यावश्यकलगायतका कतिपय सेवा भने लकडाउनका बेलामा पनि सुचारु हुन सक्ने अधिकारीहरुले बताएका छन् । बङ्गलादेशमा अहिलेसम्म छ लाख ३० हजार दुई सय ७७ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । तीमध्ये पाँच हजार छ सय ८३ जना पछिल्लो एकैदिनमा संक्रमित भएका हुन् ।

पछिल्लो २४ घण्टामा बङ्गलादेशमा कोरोनाकै कारण मात्रै ५८ जनाको मृत्यु भएको छ । योसँगै बङ्लादेशमा कोरोनाकै कारण मृत्यु भएकाहरुको कुल संख्या नौ हजार दुई सय १३ पुगेको अधिकारीहरुले जनाएका छन् । स्वास्थ्य सेवा महानिर्देशनालयले पछिल्लो एक दिनमा २४ हजार पाँच सय ४८ जनाको कोरोना परीक्षण गरेको जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया