Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनले लगाएको कीर्तिमानी जरिवाना अलिबाबाले तिर्ने

चीनले लगाएको कीर्तिमानी जरिवाना अलिबाबाले तिर्ने


बेइजिङ ।
चिनियाँ प्रविधि कम्पनी अलिबाबाले सोमबार सरकारले लगाएको साढे दुई अर्ब डलर बढीको जरिवाना तिर्ने बताएको छ । बीबीसीका अनुसार सरकारी निकायले बजारमा प्रतिस्पर्धाको नियम उल्लंघन गरेको आरोपमा लगाएको दुई अर्ब आठ करोड अमेरिकी डलर जरिवाना तिर्ने बताएको हो ।

अलिबाबामाथि वर्षौँसम्म ‘मार्केट पोजिसन’को दुरुपयोग गरेको सरकारी अनुसन्धानले निष्कर्ष निकालेको थियो । यो जरिवाना रकम कम्पनीको सन् २०१९ को आन्तरिक राजस्वको चार प्रतिशत हो । अलिबाबा ग्रुपका कार्यकारी उपप्रमुख जो त्साईले अलिबाबा नियामक निकायको आँखामा परेको संकेत गरे । उनले थप अनुसन्धान कम्पनीमाथि नभएको बताउँदै अलिबाबा र यसका प्रतिस्पर्धीहरु मर्जर र प्राप्तिलाई लिएर चीनमा समीक्षाको अवस्थामा रहेको बताए ।

अलिबाबा प्रकरणमा मुख्य मुद्दा भनेको कम्पनीले आफ्ना मर्चेन्टलाई व्यवसायमा कडाइ गरेको वा प्रतिस्पर्धी कम्पनीको प्रवर्द्धनमा रोक लगाएको भन्ने हो । मर्चेन्टसम्बन्धी नियम खुकुलो गर्दै लागत पनि घटाउने अलिबाबाले प्रतिबद्धता समेत जनाएको बताइएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया