४० भन्दा बढी देशले भारतलाई सहयोग गर्ने
नयाँ दिल्ली ।
विश्वका ४० भन्दा बढी देशले भारतलाई कोभिड– १९ का विरुद्धको लडाइमा सघाउने जनाएका छन् । ती देशहरुले भारतलाई आवश्यक औषधि तथा स्वास्थ्य उपकरणहरु सहयोग गर्ने बताएका भारतीय विदेश सचिव हर्षवर्धन शृंगलाले जानकारी दिएका हुन् ।
उनले विश्वका ४० भन्दाबढी देशले भारतले कोभिडका विरुद्धमा गरेको संघर्षलाई सघाउने बताएका उल्लेख गरे । ती देशहरुले भारतलाई आवश्यक पर्ने औषधि, स्वास्थ्य उपकरणहरु, जनस्वास्थ्य अधिकारीहरु, अक्सिजन उत्पादनका लागि आवश्यक पर्ने उपकरण तथा सामग्रीहरु आदि सहयोग गर्ने भएका हुन् ।
भारतमा हाल कोभिडको अवस्था निकै तीव्र गतिमा वृद्धि भएको छ । यहाँ दिनहुँ लाखौँ जना नागरिक कोभिडबाट संक्रमित हुने गरेका छन् भने कम्तीमा पनि दुई हजार जना मानिस यही संक्रमणबाट नै मृत्यु हुने गरेका छन् । हाल भारतका दुई लाखभन्दा बढीको यसै संक्रमणबाट ज्यान गइसकेको बताइएको छ ।
भारतमा पछिल्लो समयमा अस्पतालमा बेड अभाव भएको छ भने सिकिस्त बिरामीलाई अक्सिजन दिन सक्ने अवस्था पनि नभएको देखिएको छ । भारतको यो अवस्था भएका कारण विश्वका देशहरुले उसलाई सहयोग गर्ने बताएका हुन् । यसअघि संयुक्त राष्ट्रंघले कोभिड १९ का विरुद्धमा लड्न भारतलाई सघाउने बुधबार मात्र जनाएको थियो । संयुक्त राष्ट्रंघका प्रवक्ताले बुधबार कोभिड १९ को संक्रमणका कारण हाल भारतको अवस्था निकै जटिल भएकोले संयुक्त राष्ट्रंघले यसका विरुद्धमा भारतलाई सघाउने भएको बताएका थिए ।
विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रंघीय बालकोषले भारतका लागि अक्सिजनका लागि आवश्यक उपकरणहरु खरिद गरेर पठाएको बताएका छन् । त्यस्तै भारतका अस्पतालहरुमा आवश्यक भेन्टिलेटरहरु पनि पठाइएको संयुक्त राष्ट्रंघले जनाएको छ ।
यसका साथै विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रंघीय विभिन्न निकायले भारतलाई पिपिइ, पिसिआर परीक्षण गर्ने मेसिनका साथै अरु उपकहरणहरु पनि पठाएको जनाएका छन् । भारतको सबैभन्दा बढी प्रभावित रहेको राज्य महाराष्ट्रका लागि विश्व स्वास्थ्य संगठनले दुई हजार छ सयभन्दा बढी स्वास्थ्यकर्मी, चिकित्सकहरु तथा अन्य अधिकारीहरु पठाएको जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पेट्रोलियम पदार्थको मूल्य घट्यो
- क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा
- डिल्लीराम खनाललाई ५ हजार धरौटीमा छाड्न आदेश
- मुगुको पाटनमा यार्सा टिप्न पुगेकाको दुर्घटना बीमा
- निर्दोष ठहरिए सन्दीप लामिछाने, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
- सन्दीप लामिछानेको मुद्दामा केहीबेरमा फैसला हुँदै
- मिडिया बचाउने गरी सुविधा दिन सरकारसँग माग, मिडियाका समस्या सम्बोधन हुन्छन् : प्रधामन्त्री
- प्रचण्ड–ओलीबिच छलफल सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया