Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारगुगलमा टेस्लाको बहुप्रतीक्षित विद्युतीय कार ‘रोडस्टर’को खोजी धेरै

गुगलमा टेस्लाको बहुप्रतीक्षित विद्युतीय कार ‘रोडस्टर’को खोजी धेरै


अमेरिका । गत वर्ष विद्युतीय कार प्रयोगको लागि आजसम्मकै ठूलो वर्ष साबित भयो। महामारीको बीचमा चिप अभाव र अन्य पार्टपुर्जा आपूर्तिलगायतका समस्या बिर्सिने हो भने यो निकै चाखलाग्दो विषय रह्यो ।

धेरै सवारीसाधन उत्पादकले धेरै पछि आफ्नो कुल बिक्री संख्यामा खराब नतिजा देख्नुपर्दा केही उत्पादकले हालसम्मकै धेरैभन्दा धेरै विद्युतीय कार बिक्री गरेका छन् । विश्वका नाम कहलाएका ब्रान्डले नै उत्पादन र बिक्रीमा संघर्ष गर्नुपरेका बेला टेस्लाले भने उत्पादन र बिक्रीमै कीर्तिमान कायम गर्न सफल भएको छ । लिज फेचरले बहुप्रतीक्षित र रुचाएका ईभीबारे केही तथ्यांक सार्वजनिक गरेको छ । जसअनुसार गुगल सर्चमा ईभीमा धेरै सर्च कुन कारको लागि भयो भन्ने छ । बजारमै नआइसकेका कारमध्ये टेस्लाको रोडस्टरलाई ग्राहकले बहुप्रतीक्षा गरिरहेको पाइएको छ ।

विश्वभर वेबसाइटले १६८ देशमा ईभी सर्चसम्बन्धी गुगलको तथ्यांकअनुसार रोडस्टर सर्वाधिक खोजिएको कार देखिएको हो । सन् २०२१ मा मात्रै यो ८५ लाख ३२ हजार पटक सर्च भएको पाइएको हो । औसतमा भन्नुपर्दा यो कार प्रतिमहिना ७ लाख पटक खोजिएको हुन आउँछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया