चोरिएको ५ अर्ब डलरबराबरको बिटक्वाइन सरकारी नियन्त्रणमा
अमेरिका । अमेरिकी न्याय मन्त्रालयले चोरिएको पाँच अर्ब अमेरिकी डलरबराबरको भर्चुअल मुद्रा बिटक्वाइन नियन्त्रणमा लिन सफल भएको छ । सरकारी अधिकारीहरुले यससँग जोडिएका दुई जनालाई समेत पक्राउ गर्न सफल भएको बीबीसीले जनाएको छ ।
सम्पत्ति शुद्धीकरणका क्रममा ती बिटक्वाइन नियन्त्रणमा लिइएको थियो । सरकारी अधिकारीहरुले एक लाख २० हजार बिटक्वाइन नियन्त्रणमा लिएको जनाएका छन् । ती बिटक्वाइन क्रिप्टो एक्सचेन्जबाट ह्याकरले सन् २०१६ मा नियन्त्रणमा लिएका थिए । त्यतिबेला यसको मूल्य सात करोड १० लाख अमेरिकी डलर थियो । तर अहिले बिटक्वाइनको मूल्य आकाशिएको छ । अहिले यसको मूल्य पाँच अर्ब अमेरिकी डलर रहेको बताइएको छ ।
सहायक महान्यायाधिवक्ता केनिथ पोलिटले यसले सरकारले क्रिप्टोकरेन्सीलाई सम्पत्ति शुद्धीकरणको लागि उपयुक्त थलो बन्न नदिने पक्का भएको बताए । ती बिटक्वाइन छ वर्षअघि क्रिप्टो एक्सचेन्ज बिटफिनेक्सबाट चोरी गरिएको थियो । मन्त्रालयका अनुसार ह्याकिङपछि ह्याकरले दुई हजारवटा अनधिकृत कारोबार गरेको पाइएको छ । त्योसँगै उनीहरुले निकालेको मनी न्युयोर्कका इल्या लिच्टेन्स्टेनले सञ्चालन गरेको डिजिटल वालेटमा हालेका थिए । चिल्टेन्स्टेन र उनकी श्रीमती हिथर मोर्गानलाई पक्राउ गरिएको बीबीसीले जनाएको छ । उनीहरुले धेरै एकाउन्टबाट चोरिएकोमध्ये २५ हजार बिटक्वाइन बितेको पाँच वर्षमा प्रयोग गर्दै आएका थिए । त्यसमा पहिचान पनि फरक फरक गर्दै आएका थिए ।
लामो अनुसन्धानपछि दुई जना समात्न सफल भएको अधिकारीहरुले जनाएका छन् । वासिङटन डीसी, न्युयोर्क, सिकागो र एन्सब्याक जर्मनीका अनुसन्धाताले यसमा लामो अनुसन्धान गरेका हुन् । यसमा बिटफिनेक्सले पनि सहयोग गरेको एक वक्तव्यमा जनाएको छ । यदि पक्राउ परेकाहरु दोषी पाइए २५ वर्ष जेल सजाय हुनसक्ने बताइएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- २२ सय बिन्दुमा खुम्चियो सेयर बजार
- क्यानडाद्वारा दुई चिनियाँ कम्पनीलाई आफ्नो फाइभजी नेटवर्कमा प्रतिबन्ध
- अमेरिकामा अर्बौं डलर लगानीमा ब्याट्री प्लान्ट खोल्दै हुन्डाई
- श्रीलंकाको रेमिट्यान्समा उल्लेख्य कमी
- अमेरिकासँग सुसम्बन्ध कायम गर्ने पाकिस्तानका नयाँ विदेशमन्त्रीको चाहना
- बंगलादेशमा गहुँको पीठो १५ वर्षयताकै महंगो
- निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो भएको दाबी
- नबिल बैंकको विशेष साधारणसभा :
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया