Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजाररुसमा २० वर्षयताकै महँगी

रुसमा २० वर्षयताकै महँगी


मस्को । रुसमा वार्षिक मूल्यवृद्धि दुई दशकयताकै उच्च भएको छ । एएफपीका अनुसार अप्रिल महिनामा मूल्यवृद्धि आकाशिएको हो । उक्त महिना १७.८ प्रतिशत महंगी देखिएको छ ।

युक्रेनमाथि आक्रमण गरेपछि रुसविरुद्ध पश्चिमा देशले प्रतिबन्धको ओइरो लगाउँदा महंगी बढेको तथ्यांकले देखाएको छ । रुसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेको थियो । त्योसँगै अन्तर्राष्ट्रिय प्रतिबन्ध खेप्न सुरु भएको थियो । मुख्य वस्तुहरुको निर्यातलगायत रोकिएपछि महंगी ह्वात्तै बढेको हो ।

खाद्य क्षेत्रमा उच्च महंगी देखिएको छ भने तलब समेत घट्दै गएको छ । खाद्य क्षेत्रमा साढे २० प्रतिशत वर्षगत मूल्य वृद्धि देखिएको रोस्ट्याटले जनाएको छ । रुसमा पास्ताको मूल्य २९.६ प्रतिशतले बढ्दा बटर २६.१ प्रतिशतले बढेको छ । त्यसैगरी फलफूल र तरकारीको मूल्य ३३ प्रतिशतले बढेको छ ।

वार्षिक मूल्यवृद्धिदर २३ प्रतिशत यही वर्ष पुग्ने प्रक्षेपण गरिएको छ । त्यसपछि अर्को वर्ष मूल्यवृद्धिदर क्रमशः घट्ने र सन् २०२४ मा चार प्रतिशतमा झार्ने सरकारी लक्ष्य छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया