Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियजापानमा अमेरिका र भारतबीच सम्झौता

जापानमा अमेरिका र भारतबीच सम्झौता


नयाँ दिल्ली । भारत र अमेरिकाबीच एक सम्झौतामा हस्ताक्षर भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जापान दौडानका क्रममा लगानी प्रवद्र्धन सम्झौता भएको हो ।

यसमा भारतका विदेशी सचिव विनयमोहन क्वात्रा र अमेरिकाको अन्तर्राष्ट्रिय विकास लगानी निगमका प्रमुख कार्यकारी अधिकृत स्कट नाथनले हस्ताक्षर गरेका हुन् । यो आईआईए सम्झौता सन् १९९७ मा भारत र अमेरिकी सरकारबीच हस्ताक्षर भएको लगानी प्रोत्साहन सम्झौताको स्थान लिने गरी भएको हो ।

यसबाट भारतको विकास परियोजनामा लगानी आउने अपेक्षा छ । लगानी विभिन्न क्षेत्रमा आउने अपेक्षा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया