अमेरिका । भारतीय मूलका एक व्यक्ति वार्षिक दुई अर्ब बढी तलब पाउने गरी चर्चित कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्दै छन् । उनी हुन् लक्ष्मण नरसिंहन ।
संसारकै ठूलो कफी चेन स्टारबक्सले उनलाई सीईओमा भर्खरै नियुक्त गरेको हो । उनी अक्टोबर १ देखि आगामी सीईओ हुनेछन् । आधिकारिक रुपमा उनले अप्रिलदेखि कार्यभार सम्हाल्नेछन् भने त्यसपछि कम्पनीको बोर्डमा सामेल हुनेछन् ।
यही सेप्टेम्बर १ मा सीईओका रुपमा नरसिंहनले धेरै समय बिताएको द रेकिट बेन्काइसर ग्रुपले उनले राजीनामा दिनलागेको बताएको थियो । लक्ष्मणको आगमनसँगै होवार्ड स्कल्त्जले उनले कमान नसम्हालुन्जेलसम्म अन्तरिम सीईओका रुपमा कम्पनीको नेतृत्व सम्हाल्नेछन्। होवार्डले अघिल्ला सीईओ केभिन जोन्सनबाट अन्तरिम जिम्मेवारी सम्हालेका थिए। उनी स्टारबक्सको बोर्डमै रहनेछन् ।
स्टारबक्सका लागि यो निकै चुनौतीपूर्ण समय हो । अमेरिकामा युनियन गठनको लहर चलिरहेका बेला कम्पनीले नयाँ नेतृत्व पाउँदै छ । यसबाहेक कोभिड १९ को प्रतिबन्धका नियमले कम्पनीलाई चीनमा व्यावसायिक हिसाबले अप्ठ्यारो परिरहेको छ। चीन स्टारबक्सको महत्वपूर्ण बजार हो । आधिकारिक रुपले लक्ष्मणले स्टारबक्सको नेतृत्व लिँदै गर्दा अघिल्लो छ महिना उनले स्कल्त्जसँगै, कम्पनीका अन्य नेतृत्वपंक्ति, ग्राहकसँगै समय बिताउनेछन् ।
कम्पनी अहिले व्यावसायिक पुनर्संरचनाको योजनामा छ। यस्तोमा स्कल्त्जले पूर्ण पुनर्संरचना आवश्यक भएको बताएका छन्। यसअनुसार कर्मचारीको अनुभवमा व्यापक सुधार गर्नेदेखि स्टोरहरुलाई नयाँ स्वरुप दिने कुरा छन् । लक्ष्मण व्यावसायिक नेतृत्वका लागि निकै अनुभवी मानिन्छन् । यसअघि उनी बेलायती हाइजिन र हेल्थ ब्रान्ड उत्पादक रेकिट बेन्काइसरको नेतृत्वमा थिए । उनी सन् २०१९ देखि अर्बौँ डलर मूल्यवान् कम्पनीको सीईओ बनेका थिए ।
त्यसअघि उनले पेप्सिकोमा ग्लोबल चिफ कमर्सियल अफिसरको भूमिका निर्वाह गरेका थिए । त्यस्तै उनी म्याकिन्सेमा वरिष्ठ साझेदार थिए । लक्ष्मणले व्यावसायिक क्षेत्रमा ३० वर्ष लामो अनुभव हासिल गरिसकेका छन् ।
संसारकै ठूलो कफी कम्पनी हाँक्न लागेका उनको तलब पनि ठूलै आकारको हुनेछ । द गार्जियन अनुसार स्टारबक्सले लक्ष्मणलाई ठूलै परिमाणमा तलब भुक्तानी गर्दै छ । यदि उनले आफ्नो लक्ष्य भेटे कम्पनीले उनलाई पौने दुई करोड डलर वार्षिक तलब दिनेछ । यो भनेको वार्षिक २ अर्ब २२ करोड ३९ लाख हाराहारीको तलब हो । रेकिटमा उनले ६० लाख पाउन्ड स्टर्लिङ वार्षिक तलब लिएका थिए ।
लक्ष्मण भारतको पुनेमा हुर्किएका थिए । उनले त्यहीको कलेज अफ इन्जिनियरिङबाट मेकानिकल इन्जिनियरमा डिग्री हासिल गरे । यसबाहेक युनिभर्सिटी अफ पेनसिल्भेनियामा द लाउडर इन्स्टिच्युटबाट जर्मन एन्ड इन्टरनेशनल स्टडिजमा स्नातकोत्तर गरे । सोही विश्वविद्यालयको ह्वार्टन स्कुलबाट उनले फाइनान्समा एमबीए समेत गरेका छन् । उनी छ भाषामा पोख्त छन् ।स्टारबक्सको संसारभर ३४ हजार स्थानमा कफी स्टोर रहेको छ । यसले पाँच दशक लामो समय कफीको व्यवसाय गरेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया