Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा एप्पलको पहिलो स्टोर २०२१ मा खुल्ने

भारतमा एप्पलको पहिलो स्टोर २०२१ मा खुल्ने


एजेन्सी नयाँ दिल्ली, फागुन १६

एप्पलका प्रमुख कार्यकारी टिम कुकले कम्पनीले भारतमा पहिलो स्टोर सन् २०२१ मा खोल्ने बताएका छन् । सँगसँगै एप्पलले अर्को अनलाइन आउटलेट पनि भारतमा खोल्ने भएको छ । त्यसका लागि कम्पनीले प्रक्रिया समेत थालिसकेको छ । स्थानीय साझेदारविना नै खोल्न लागिएको स्टोरका लागि भारत सरकारबाट विशेष प्रमाणीकरण आवश्यक पर्छ । कुकले कम्पनीका सेयरसदस्यहरुको वार्षिक बैठकमा यस्तो घोषणा गरेका बीबीसीले जनाएको छ । उक्त बैठकमा लगानीकर्ताहरुले सरकारले मार्केटप्लेसबाट एप हटाउन आग्रह गर्दा कम्पनीले दिने प्रतिक्रिया पनि परिवर्तन गर्नुपर्ने प्रस्तावबारे समेत भोटिङ भएको थियो । तर पारित भने हुन सकेन ।

विश्वकै दोस्रो ठूलो स्मार्टफोन बजारमा एप्पलको आगमन पहिलेदेखि नै प्रतीक्षाको विषय बनेको छ । तर कम्पनीले मिति नै तोकेर घोषणा गरेको भने यो नै पहिलो भएको बताइएको छ । सन् २०१८ मा भारतले कानुन परिवर्तन गर्दै विदेशी कम्पनीलाई एक्लौटी स्टोर खोल्न निषेध गरेको थियो । कुकले पनि साझेदारसँग मिलेर एप्पलले स्टोर खोलोस् भन्ने भारतले चाहेको बताएका थिए । भारतमा एप्पलले थर्ड पार्टी स्टोरबाट आफ्ना उत्पादन बिक्री गर्दै आएको छ । चीनमा पछिल्लो समय एप्पलको बिक्री सुस्त हुँदै गइरहेको छ । त्यसमाथि पछिल्लो समय फैलिएको कोरोना भाइरसको प्रकोपले असर गरेको छ । सोही कारण कम्पनीले भारत जस्ता विकास भइरहेका बजारको खोजीमा रहेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया