Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजर्मन चान्सलर स्कोल्जले भारत भ्रमण गर्ने

जर्मन चान्सलर स्कोल्जले भारत भ्रमण गर्ने


नयाँ दिल्ली । जर्मन चान्सलर ओलाफ स्कोल्जले यही फेब्रुअरी २५ र २६ मा भारतको राजकीय भ्रमण गर्ने विदेश मन्त्रालयले जनाएको छ । चान्सलर स्कोल्जका साथमा वरिष्ठ अधिकारीहरू र उच्चपदस्थ व्यक्तिहरूका साथै व्यापारिक प्रतिनिधिमण्डल पनि रहने बताइएको छ ।

उनी फेब्रुअरी २५ मा नयाँ दिल्ली आइपुग्ने र फेब्रुअरी २६ मा बेंगलुरु जाने मन्त्रालयको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । सन् २०११ मा द्विवार्षिक अन्तर्सरकारी परामर्श संयन्त्र सुरु भएदेखि जर्मन चान्सलरको भारतको यो पहिलो भ्रमण हो । सो अवसरमा दुवै देशका मन्त्रीहरूले आ–आफ्नो जिम्मेवारीका विभिन्न क्षेत्रमा छलफल गर्ने तयारी गरिएको छ ।

प्रधानमन्त्री र चान्सलर बीच द्विपक्षीय, क्षेत्रीय र विश्वस्तरीय महत्वका विभिन्न विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ । भारत–जर्मनी रणनीतिक साझेदारी साझा मूल्य–मान्यता, विश्वास र पारस्परिक समझदारीमा आधारित छ । सुदृढ लगानी र व्यापारिक सम्बन्ध, हरित र दिगो विकासमा सहयोग र बढ्दो जनस्तरीय सम्बन्धले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाएको दुवै पक्षको बुझाइ छ । चान्सलर स्कोल्जको भ्रमणले दुबै पक्षलाई छैठौँ आईजीसीको मुख्य नतिजाहरूको विकसित विषयबारे भएको प्रगति, सुरक्षा र रक्षा सहयोगलाई सुदृढ गर्ने, दुवै पक्षका लागि आर्थिक सम्बन्धका लागि काम गर्ने, अवसर बढाउने लगायतका विषषमा छलफल गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #5, #Page 5

तपाईको प्रतिक्रिया