Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिका र चीनबीचको मतभेद अन्त्य गर्न जोड

अमेरिका र चीनबीचको मतभेद अन्त्य गर्न जोड


अमेरिका । चिनियाँ रक्षामन्त्री ली शाङफुले चीन र संयुक्त राज्य अमेरिकाले मतभेद र जटिल कठिनाइको उचित व्यवस्थापन गर्नुपर्ने र आपसमा मिलाउने सही बाटो खोज्नुपर्ने बताएका छन् ।

चीन–अमेरिका २०औँ ‘साङ्ग्रिला डायलग’मा सम्बोधन गर्दै लीले भने, ‘यो सम्बन्ध विश्वव्यापी रणनीतिक स्थिरतामा निर्भर गर्दछ र यो विश्वव्यापी ध्यानको केन्द्रविन्दु हो ।’ उनले दुवै देशलाई विश्व समुदायको अपेक्षाअनुसार चल्न र समयको प्रवृत्तिलाई पछ्याउन आह्वान गरे ।

लीले अन्तर्राष्ट्रिय समुदायले चीन र अमेरिकाबीच बलियो र स्थिर सम्बन्धको खोजी गरिरहेको बताए । चीन र अमेरिकाबीचको सम्बन्धमा टकराव आउँदा पुरै विश्वमा विपत्ति आउनसक्ने उनको भनाई छ । उनले भने, ‘आफ्नो स्वार्थका लागि गुटको मुठभेड भड्काउनुको साटो प्रमुख देशहरूले सबैको हितलाई ध्यानमा राख्नुपर्छ । आदानप्रदान र सहयोगको माध्यमबाट मतभेदको समाधान गर्नुपर्छ ।’

विभिन्न प्रणाली र अन्य मतभेदका बावजुद चीन र अमेरिकाले द्विपक्षीय सम्बन्ध बढाउन र सहयोगलाई प्रगाढ बनाउन साझा आधार र हितको खोजी गर्नुपर्ने उल्लेख गर्दै दुवै देशले सहयोगबाट फाइदा उठाएको र मुठभेडबाट हारेको इतिहासले प्रमाणित गरेको उनले बताए ।

चीनले अमेरिकासँग नयाँ प्रकारको प्रमुख देशहरूको सम्बन्ध विकास गर्न चाहेको उल्लेख गर्दै लीले अमेरिकी पक्षलाई इमानदारीका साथ सम्बन्ध बिग्रनबाट जोगाउने काम गर्न, आफ्ना शब्दहरूलाई कामसँग जोड्न र विश्वका दुवै अर्थतन्त्रलाई स्थिर गर्न चीनसँग एउटै दिशामा मिलेर काम गर्न ठोस कदम चाल्न आह्वान गरे ।

लीले विगत केही वर्षयता चीन र अमेरिकाबीचको सम्बन्धमा तनाब रहेको बताए । दुई देशबीचको कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नै अहिले सम्बन्ध निकै कमजोर बनेको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया