Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदबुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी

बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी


काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को जारी संस्करणमा सबैभन्दा पाका खेलाडी हुन महेन्द्रसिंह धोनी । भारतीय टोलीका पूर्व कप्तान समेत रहेका धोनी अहिले ४२ वर्ष पुरा भइसकेका छन् । बुढ्योलीसँग चोटसँग पनि जुधिरहेका छन् । चेन्नई सुपर किंग्सका समेत पूर्वकप्तान रहेका धोनी पूर्ण रुपमा फिट नहुँदा पनि मैदामा डटीरहेका छन् । धोनी आइतबार पञ्जाब किंग्सविरुद्धको खेलमा अन्तिममा ब्याटिङ गर्न आएका थिए ।

उनी टोलिका लागि नवौँ नम्बरमा ब्याटिङ गर्न आएका थिए । सामान्यतया उनी छैटौँ या सातौँ नम्बरमा ब्याटिङ गर्न आउने गरेका थिए । टोलि कमजोर अवस्थामा रहेको बेलमा पनि उनी ढीलो आएको भन्दै आलोचना समेत भएको थियो । तर भारतीय मिडियाका अनुसार उनी पूर्ण रुपमा फिट नभएका कारण ढीलो आएका हुन् । चेन्नइसँग धोनीको विकल्प समेत छैन । टोलिले खरिद गरेर विकेट किपर डेभोन कोन्वे प्रतियोगिता सुरु हुनु अघि नै घाइते भएर बाहिरिए पछि टोलि थप दबाममा थियो । सोही कारण धोनी बलिङ अलराउन्डर मिचेल सान्टनर र शार्दुल ठाकुर भन्दा पछि मैदामा आएका थिए ।

धोनीको खुट्टाको मांसपेशीमा चोट लागेको छ । जसका कारण उनी मैदानमा लामो समयसम्म दौडन सक्दैनन् । जसका कारण उनी निकै पछाडी मात्रै ब्याटिङ गर्न मैदान प्रवेश गर्ने गरेका छन् । केही खेलअघि धोनीले ‘नन स्ट्राइकर’ डेरिल मिचेललाई रन लिन अस्वीकार गरेका थिए । मिचेल ‘नन स्ट्राइक’बाट दौडिएर धोनीसम्म पुगेका थिए । जसबाट पनि के थाहा हुन्छ भने उनी पूर्ण फिट छैनन् ।

धोनीले मैदानमा आउनुअघि औषधि सेवन गरिरहेको र चोट नबढोस् भनेर आफ्नो रनिङ कम गर्ने कोसिस गरिरहेको बताइएको छ । डाक्टरले आराम गर्न सल्लाह दिए पनि धोनीसँग खेल्नुबाहेक अर्को विकल्प छैन । धोनीले आईपीएल २०२३ को फाइनलपछि गत जुन १ मा मुम्बईको धीरुभाई अम्बानी अस्पतालमा धोनीको घुँडाको शल्यक्रिया गरिएको थियो ।


क्याटेगोरी : खेलकुद

तपाईको प्रतिक्रिया