Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदप्रथम बैतेश्वर गाउँपालिका अध्यक्ष कप सुरु

प्रथम बैतेश्वर गाउँपालिका अध्यक्ष कप सुरु


दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिकाको आयोजना अन्तरपालिकास्तरीय प्रथम बैतेश्वर गाउँपालिका अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । बैतेश्वरको वडा नम्बर ३ मिर्गेमा सोमबारदेखि प्रतियोगिता सुरु भएको हो ।

बैतेश्वर गाउँपालिका खेलकुद विकास समितिका संयोजक भाइराम बुढाथोकीको अध्यक्षयता भएको प्रथम अध्यक्ष कपको उद्घाटन बैतेश्वर गाउँपालिका अध्यक्ष छबि लामा र कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले सयुक्तरूपमा गरेका थिए । कार्यक्रममा बैतेश्वर गाउँपालिका अध्यक्ष लामाले खेलकुद क्षेत्रमा विकास गर्दै राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने बताए ।

कार्यक्रममा कालिञ्चोक गाउँपालिका अध्यक्ष शिवाकोटीले देश बिकासमा खेलाडीको भूमिका महत्वपूर्ण रहेकोे भन्दै खेल क्षेत्रको विकास भए मात्रै देशको विकास हुने उल्लेख गरे । कार्यक्रममा बैतेश्वर गाउँपालिका प्रमुख इन्जिनियर युधिष्ठिर केसीले उद्घाटन खेलमा उपस्थित खेलाडीहरूलाई स्वागत गरेका थिए । बुधबारसम्म चल्ने अध्यक्ष कपमा लिग चरणका सबै खेल सोमबार नै सकिएको छ ।

बैतेश्वर गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा मिर्गेको व्यवस्थापन प्रतियोगिता भएको हो । प्रतियोगितामा प्रथम हुनेले एक लाख ४० हजार रुपैयाँ पाउनेछन् । यस्तै दोस्रो हुनेले एक लाख, तेस्रो हुनेले ६७ हजार र चौथो हुनेले २७ हजार रुपैयाँ पुरस्कार पाउने बैतेश्वर गाउँपालिका खेलकुद विकास समितिका सदस्य किरण तामाङले जानकारी दिए । प्रतियोगितामा जिल्लाका नौमध्ये सातवटा पालिकाले सहभागिता जनाएका छन् ।


क्याटेगोरी : खेलकुद, पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया