Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसौभाग्यजंग कार्की फाउण्डेसनद्वारा राहत वितरण

सौभाग्यजंग कार्की फाउण्डेसनद्वारा राहत वितरण


ललितपुर, वैशाख २२
सौभाग्यजंग कार्की (एसजेके) फाउण्डेसनले राहत वितरण गरेको छ । संस्थाले शनिबार ललितपुरको महालक्ष्मी नगरपालिका क्षेत्रमा आर्थिक अवस्था कमजोर भएका र असहाय परिवारलाई राहत सामग्रीअन्तर्गत दैनिक उपभोग्य वस्तुुहरु रहेको गरेको हो । संस्थाका अनुसार राहतस्वरुप सर्वसाधारणहरुलाई प्रतिपरिवार १० किलो चामल, एक लिटर खाने तेल, दुुई किलो सेतो केराउ, एक/एक प्याकेट मस्यौरा, एक प्याकेट नुुन र एउटा साबुुन दिइएको हो ।

संस्थाले वितरण गरेको कुुल राहतमा ४० प्रतिशत आर्थिक अवस्था कमजोर भएका स्थानीय नागरिकहरुलाई, ४० प्रतिशत भाडामा बसेर दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई र बाँकी २० प्रतिशत एकल महिलाहरुलाई राहत सामग्री सहयोग गरेको हो । यसअघि पनि उक्त संस्थाले यही वैशाख ६ गते शनिबार प्राडा सौभाग्यजंग कार्कीको जन्म जयन्तीको उपलक्ष्यमा दैनिकरुपमा खानलाई समस्या परेका ज्यालादारी मजदुरहरुको लागि खाद्य सामग्री सहयोग गरेको थियो । स्वर्गीय कार्कीका ज्वाइँ नविन सापकोटा, छोरी सिपी कार्की, छोराहरुबाट प्राप्त नगद सहयोगबाट खाद्य सामग्री खरिद गरी असहायहरुलाई राहत वितरण गरिएको संस्थाले जानकारी दिएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया