Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकैलाली र कञ्चनपुरका अपांगता व्यक्तिलाई स्वास्थ्य सामग्री

कैलाली र कञ्चनपुरका अपांगता व्यक्तिलाई स्वास्थ्य सामग्री


कञ्चनपुर, जेठ ६
राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशको समन्वयमा अपाङ्गता भएका व्यक्तिलाई कोरोनाबाट बच्नका लागि स्वास्थ्य सामग्रीहरु सहयोग गरिएको छ । लाइन्स क्लबको सहयोगमा अपाङ्ग महासंघमार्फत विभिन्न स्थानीय तहहरुलाई हस्तान्तरण गरी स्थानीय तहमार्फत कैलाली र कञ्चनपुरमा रहेका अपाङ्गता भएका व्यक्तिलाई विभिन्न स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

सोमबार लियो क्लबको सहयोग र अपाङ्ग महासंघको समन्वयमा भीमदत्त नगरपालिकामार्फत अपाङ्गता भएका १३ जनालाई सुरक्षा सामग्री दिइएको छ । नगरपालिकाको परिसरमा पुगेर लियो क्लबका संयोजक डा. भोजराज पन्त, क्लबका सदस्य नरेन्द्र भाटलगायत राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष उपेन्द्र बहादुर खडायतसहितको टोलीले राहतस्वरुप विभिन्न स्वास्थ्य सामग्री भीमदत्त नगरका उपप्रमुख सुशीला चन्द (सिंह)लाई हस्तान्तरण गरिएको थियो । राहतस्वरुप भीमदत्त नगरभित्रका १२ जना र वेदकोट नगरपालिकाका १ जनालाई हेण्ड सेनिटाइजर, मास्क, ग्लोब्स, युरिन थैलीलगायतका अत्यावश्यक सामग्रीहरु हस्तान्तरण गरिएका हुन् ।

मेरुदण्ड र पक्षघातका अपाङ्गता भएका व्यक्तिलाई समेत आवश्यक सुरक्षा सामग्रीहरु सहयोग गरिएको राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष उपेन्द्र बहादुर खडायतले बताए । राहत सामग्री बुझ्दै भीमदत्त नगरका उपप्रमुख सुशीला चन्द (सिंह)ले लायन्स क्लब र राष्ट्रिय अपाङ्ग महासंघलाई विशेष धन्यवाद दिइन् । कोरोना रोगको संक्रमणबाट बच्नका लागि अपाङ्गता भएका व्यक्तिलाई विशेष स्वास्थ्य सहयोगी सामग्रीहरु राहतस्वरुप दिइएकोे लियो क्लबका सदस्य नरेन्द्र भाटले बताए । उनका अनुसार यसअघि भीमदत्त, वेदकोट र शुक्लाफाँटा नगरपालिकामा सहयोग गरिएको थियो ।

राष्ट्रिय अपाङ्ग महासंघको समन्वय र लायन्स क्लबको सहयोगमा कैलाली र कञ्चनपुरका करिब २६ जना अपाङ्गहरुलाई राहतस्वरुपको स्वास्थ्य सामग्री सहयोग गरिएको राष्ट्रिय अपाङ्ग महासंघका सुदूरपश्चि प्रदेश अध्यक्ष उपेन्द बहादुर खडायतले बताए । उनका अनुसार, कञ्चनपुरको भीमदत्त नगरपालिकामा १३ जना, कैलालीको धनगढी उपमहानगरपािलकामा ५ जना, गोदावरी नगरपालिकामा ७ जना, गौरी गंगा नगरपालिकामा १ जना गरेर २६ जनालाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया