Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालरिड नेपालले दियो विद्यार्थीलाई घरमै पुगेर छात्रवृत्ति

रिड नेपालले दियो विद्यार्थीलाई घरमै पुगेर छात्रवृत्ति


महेन्द्र शाही
सोलुखुम्बु, जेठ ११
गैरसरकारी संस्था रिड नेपाल सोलुखुम्बुले विद्यार्थीहरूलाई घरमा नै पुगेर छात्रावृत्ति वितरण गरेको छ । लकडाउनका कारण विद्यालय बन्द भएपछि घरमै पुगेर छात्रावृत्ति प्रदान गरेको रिड नेपाल सोलुखुम्बुका शिक्षा विकास संयोजक केशव गिरीले जानकारी दिए । जिल्लाको विभिन्न गाउँपालिकाभित्रका एक सय ८१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । जिल्लाको माप्यदूधकोशी गाउँपालिका ५७ जना, सोलुदूधकुण्ड नगरपालिकाका ३४ जना, सोताङ गाउँपालिकामा ४७ जना, महाकुलुङ गाउँपालिकामा ४३ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको रिड नेपालका शिक्षा विकास संयोजक केशब गिरीले जानकारी दिए । अष्ट्रेलियन हिमालयन फाउन्डेसनको सहयोगमा रिड नेपालले विगत सात वर्षदेखि नियमितरूपमा सोलुखुम्बुका पाँच सय विपन्न परिवारका कक्षा १ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई स्टेसनरी, ड्रेस र पढाइ खर्चका लागि वार्षिक छ हजार छात्रवृत्ति रकम प्रदान गर्दै आएको छ ।

यस पटक पनि यसैको निरन्तरता दिइएको हो । यो छात्रवृतिले विपन्न परिवारका बालबालिकालाई अध्ययनमा सहयोग पुगिरहेको अभिभाबकहरूको भनाइ छ । त्यस्तै, रिड नेपालले पाँच जना छात्राहरूलाई कक्षा ९ देखि १२ सम्मको प्राविधिक कृषि बालीविज्ञान शिक्षाको लागि गार्मा माविमा अध्ययनको लागि वार्षिक जनही ५० हजार उपलब्ध गराउदै आएको छ । त्यस्तै एक जना छात्रालाई इन्जिनियर र एक जना छात्रालाई नर्सिङ कोर्षसमेत गराइ रहेको संयोजक गिरीले बताए । समय अनुकुल हेरेर अन्य स्थानीय तहमा पनि छात्रवृत्ति वितरण गर्ने रिड नेपालको योजना रहेको र यसको लागि स्थानीय तहसँग समन्वय भइरहेको उनको भनाइ छ । भन्दै छिटै बाँकी बालबालिकाहरूको पनि घरमा नै पुगेर छात्रवृत्ति वितरण गरिने शिक्षा संयोजक गिरीले जानकारी दिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया