Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालखुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष शेर्पाको निधन

खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष शेर्पाको निधन


महेन्द्र शाही
सोलुखुम्बु असार ४
सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको छ । अध्यक्ष शेर्पाको ३८ वर्षको उमेरमा मंगलबार निधन भएको गाउँपालिका प्रवक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिए । सानोआन्ध्रामा क्यान्सर भएर विगत १० महिनादेखि थलिएका शेर्पाको स्वास्थ्यमा सुधार नआएपछि जेठ १० गते हेलिकोप्टरमार्फत जन्मस्थल लुक्ला ल्याइएको थियो । स्वास्थ्य अवस्था स्थिर देखिएका कारण चिकित्सकले नै शेर्पालाई घर लैजान सुझाव दिएपछि लुक्ला ल्याइएको प्रवक्ता शेर्पाले बताए । खुम्बु क्षेत्र तथा शेर्पा समुदायमा लोकप्रिय मानिने शेर्पाको पछिल्लो समय काठमाडौँको ह्याम्स अस्पतालमा ‘केमोथेरापी’ गराइएको थियो । शल्यक्रिया गर्नुपर्ने भए पनि तौल कम हुँदा उपचार गर्न नसकिएको चिकित्सकको भनाइ छ ।

दश महिना पहिले भारतको मेदान्ता अस्पतालमा भर्ना भएका शेर्पाले त्यहाँ दुई महिनासम्म ‘रेडियो थेरापी’ गराएका थियो । त्यसपछि स्वीजरल्याण्डमा पनि थप उपचार गराएर काठमाडौँ फर्किएका शेर्पाले पछिल्लो समय ह्याम्स अस्पतालमा नियमित उपचार गराउँदै आएका थिए । आफूले गाउँपालिका अध्यक्षको जिम्मेवारी सक्रियतापूर्वक निर्वाह गर्ने अवस्था नभएपछि शेर्पाले उपाध्यक्ष टासील्हामु शेर्पालाई जेठ १२ गतेदेखि कार्यबाहक अध्यक्षको जिम्मेवारी सुम्पेका थिए । त्यति नै बेला उनले सामाजिक सञ्जालमार्फत वडाध्यक्षहरू, कार्यपालिका सदस्य तथा कर्मचारीहरू समेतलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका थिए । उनको पार्थिव शरीरलाई बिहीबार प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले अन्तिम श्रद्धान्जलि दिने नेकपा सोलुखुम्बुका अध्यक्ष मानवीर राईले जानकारी दिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया