Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालविदेश पठाइदिन्छु भनी रकम ठगी गर्ने पक्राउ

विदेश पठाइदिन्छु भनी रकम ठगी गर्ने पक्राउ


काठमाडौं, साउन १६
चेक रिपब्लिक पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका १२ बस्ने २६ वर्षीय रमेशकुमार रहेको प्रहरीले जनाएको उनलाई प्रहरीले बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । विदेश पठाइदिने प्रलोभनमा पारी नगद ११ लाख १३ हजार रूपैयाँ रकम ठगी गरी फरार रहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बसुन्धाराबाट उनलाई पक्राउ गरेको हो । रमेशले अन्य १५ जना व्यक्तिहरूबाट समेत विभिन्न देश पठाइदिन्छु भनेर नगद १८ लाख रूपैयाँ समेत ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उक्त महाशाखाले जनाएको छ । उनलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर पठाइएको महाशाखाले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया