Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालपोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ


काठमाडौं, साउन २०
पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवन साबिक गर्दी गाविस ९ बस्ने ४० वर्षीया कमलाकुमारी थापालाई प्रहरीले पक्राउ गरेको छ । थापाले पोल्याण्ड पठाइदिन्छु भन्दै पीडितलाई विभिन्न प्रलोभनमा पारी १७ लाख रूपैयाँ ठगी गरी फरार भएकी थिइन् । पीडितको उजुरीको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा चितवनबाट आइतबार पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको उक्त महाशाखाले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया