Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालवैदेशिक रोजगारीको पीडा गीतमार्फत

वैदेशिक रोजगारीको पीडा गीतमार्फत


काठमाडौं, साउन २५
वैदेशिक रोजगारीका क्रममा भोग्नुुपर्ने अनेकौँ पीडा र घर परिवारको सम्झना गीतमार्फत सार्वजनिक भएको छ । गायक दाजुुबहिनी रञ्जन थापा र रोजनिता थापाले वैदेशिक रोजगारीको पीडा झल्काउने आफ्नो पहिलो अफिसियल गीत भनिदेऊ साँहिलीको अडियो सार्वजनिक गरेका हुुन् ।

ललितपुरको सातदोबाटो निवासी थापा दाजुु बहिनी बाल्यकालदेखि नै सांगीतिक क्षेत्रमा लागेका हुुन् । रञ्जन लक डाउनअघिसम्म उपत्यकाका विभिन्न स्कुुलहरुको संगीत शिक्षकको रुपमा पनि कार्यरत रहेका थिए । हाल भने कोभिड १९ का कारण केही फुुर्सदिला बनेका थापा घरमा बसेर संगीतसम्बन्धी विभिन्न कार्यहरु गर्दै आएका छन् ।

बहिनी १४ वर्षीय रोजनिता भने हाल लिटिल एन्जेल्समा कक्षा १० मा अध्ययन गर्दै छिन् । पढाइको अलावा गीत संगीतमा पनि निकै पोख्त रहेकी रोजनिता अहिले गितारको प्रशिक्षण लिइरहेकी छिन् । ‘हामी दाजुु बहिनीको लक्ष्य भनेको नेपाली म्युजिक क्षेत्रमा केही गर्ने हो’, एकै स्वरमा दाजुु बहिनी भन्छन्, ‘सानैदेखि म्युजिकमा लागेको र यसमा विशेष गरी मामुुले निकै सहयोग, प्रोत्साहन र हौसला दिनुभएको छ ।’

उनकै कारण आफूहरुलाई सांगीतिक क्षेत्रमा अगाडि बढ्न थप हौसला मिलेको रञ्जनको भनाइ छ । अहिले अडियो मात्र सार्वजनिक गरेको भनिदेऊ साहिँलीको छिट्टै नै म्युुजिक भिडियो पनि बनाउने रञ्जनले बताए । अहिले नेपाली लोक संगीतमा ब्याचलर लेभलको अध्ययन गरिरहेका थापाले अहिलेसम्म दुई सयभन्दा बढी गीतहरु कम्पोज गरिसकेका छन् । विभिन्न समय र स्थानहरुमा भएका लाइभ कन्सर्टहरुमा समेत थापाले आफ्नो प्रस्तुति दिइसकेका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया