Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालधादिङको बेनीघाट रोराङमा जीप दुर्घटना, १० घाइते, तीनको अवस्था गम्भीर

धादिङको बेनीघाट रोराङमा जीप दुर्घटना, १० घाइते, तीनको अवस्था गम्भीर


धादिङ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिकामा जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । बेनीघाट रोराङ गाउँपालिका ४ मोहोरियाबाट मलेखु बजारतर्फ आउँदै गरेको ग २ च ७७८४ नं.को बोलेरो जीप वडा नं. ४ को छिबीगाउँमा दुर्घटना हुँदा १० जना घाइते भएको वडा अध्यक्ष गुणराज उप्रेतीले जानकारी दिए ।

वडाअध्यक्ष उप्रेतीका अनुसार बोलेरो जीप ग्रामीण सडकबाट करिब एक सय मिटर तल खसेको छ । दुर्घटनामा परी गम्भीर घाइते हुनेहरूमा बेनीघाट रोराङ ४ का वर्षीय २८ वर्षीय रमेश घले, २५ वर्षीय गरिमा घले, ७ वर्षीय बालक कुशल घले रहेका छन् ।

उनीहरूलाई राजमार्ग सामुदायिक अस्पताल मलेखुमा प्राथमिक उपचार गरी थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं रेफर गरिएको छ । त्यस्तै अन्य सात जनाको भने मलेखुस्थित राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रवक्ता प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए । दुर्घटनास्थल पृथ्वी राजमार्गको मलेखु बजारबाट ८ किलोमिटर टाढा पर्दछ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया