Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालस्वास्थ्यकर्मीले अझै पाएनन् कोरोना भत्ता

स्वास्थ्यकर्मीले अझै पाएनन् कोरोना भत्ता


दोलखा ।
दोलखाको जिरी नगरपालिकाले कोरोना भाइरसको उच्च जोखिममा रहेर काम गरेका स्वास्थ्यकर्मीलाई कोरोना भत्ता नदिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । जिल्ला अस्पताल जिरीका स्वास्थ्यकर्मी र कर्मचारीले नगरपालिकाले आफूहरूको नाममा सरकारले दिएको कोरोना भत्ता हालसम्म नदिएको भन्दै सोमबार अस्पतालअगाडि आन्दोलन गरेका छन् ।

स्वास्थ्यकर्मीहरूले जिरी नगरपालिकाले कोरोना भत्ता गैरस्वास्थ्यकर्मीलाई दिएको आरोप लगाएका छन् । नगरपालिकामा कोरोना भत्ता पाउन भन्दै पटक–पटक निवेदन दिँदा समेत कुनै सुनवाइ नभएपछि आन्दोलनमा उत्रिन परेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । नेपाल सरकारले जारी गरेको निर्देशिकाअनुसार जिरी अस्पताले आर्थिक वर्ष २०७६/७७ को जेठमा जिरी नगरपालिकासमक्ष भत्ता उपलब्ध गराउन निवेदन पत्र दिएको थियो ।

आर्थिक वर्षको मसान्तसम्म पनि भत्ता उपलब्ध नगराएको भन्दै असारमा स्वास्थ्यकर्मीले पालैपालो नगरपालिका निवेदन दिएर भत्ता माग गरेका थिए । नगरपालिकाले स्वास्थ्यकर्मीको निवेदनको कुनै सुनवाइ नगरेको तथा गुपचुप ढंगले केही कर्मचारीलाई मात्रै भत्ता दिएको पाइएपछि आफूहरूले आन्दोलन गर्नुपरेको एक स्वास्थ्यकर्मीले बताए ।

नगरपालिकाले कोरोनाको नाममा उपलब्ध भएको स्वास्थ्यकर्मीको भत्ता तत्काल अस्पताललाई उपलब्ध नगराए अस्पतालका सम्पूर्ण सेवा रोकेर थप आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका छन् । नगरपालिकालाई स्वास्थ्यकर्मीहरूले यसअघि मंसिर २५ गते ३ दिनभित्र भत्ता उपलब्ध नगराए नगरपालिकाविरुद्ध आन्दोलन गर्ने निवेदन दिएका थिए ।

साथै अस्पतालले एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई आएको भत्ता अनियमितता भएको भन्दै तत्काल स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन नगरपालिकालाई आगह गरेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया