
सोलुखुम्बु ।
सोलुखुम्बुमा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका १ खार्चेमा गत बिहीबार प्याराग्लाइडिङको परीक्षण उडान गरिएको थियो । २ हजार ६ सय मिटर अग्लो खार्चेवाट प्याराग्लाइडिङको उडान सुरु गरी ३० मिनेटपछि सोही वडाको छेउघरमा ल्याण्ड गरिएको स्थानीय पासाङकाजी शेर्पाले जानकारी दिए ।
प्याराग्लाइडिङ पाइलट पेम्बा वाङछु शेर्पाले आफ्नै गाउँको आकासमा प्याराग्लाइडिङ उडाउन पाउँदा खुसी लागेको बताए । नेपालको विभिन्न क्षेत्रमा प्याराग्लाईडिङको उडान गर्दै आएका शेर्पाले सोलुखुम्बुको खरिखोला, वाकु र वाप्सा क्षेत्रमा पनि प्याराग्लाइडिङको सम्भावना रहेको बताए ।
आकाशमा हवाइजहाज अनि चरा उडेको देखेका स्थानीयहरु भने आफ्नै गाउँठाउँको आकाशमा पहिलो पटक प्यराग्लाइडिङ देख्दा अचम्मित बनेका छन् । पर्यटक गाईड समेत रहेका स्थानीय पासाङकाजी शेर्पाले हिमाल हेर्न र चढ्नको लागि आउने स्वदेशी तथा विदेशी पर्यटकले प्याराग्लाईडिङको समेत आनन्द लिन सक्ने हुँदा पर्यटन प्रवद्र्धन प्याराग्लाइडिङले सहयोग गर्ने बताउँछन् । पर्यटकिय क्षेत्रको रुपमा खरिखोलालाई विकास गर्नका लागि प्याराग्लाइडिङले सहयोग गर्ने स्थानीय होटलव्यवसायी रमेश तामाङको विश्वास छ ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनको लागि व्यावसायिक रुपमा प्याराग्लाइडिङ सञ्चालनको तयारी भइरहेको वडा अध्यक्ष ङिमादोर्जी शेर्पाले बताए । सगरमाथा क्षेत्र लुक्ला नाम्चे जानको लागि सडक मार्गको नजिक पर्ने उक्त क्षेत्रमा पर्यटकको लागि प्याराग्लाईडिङ उपयुक्त हुने वडा अध्यक्ष शेर्पाको भनाई छ । अब नियमित रुपमा व्यावसायिक ढंगले सञ्चालनको तयारी गरिएकोले पर्यटन प्रवर्द्धनमा महत्वपुर्ण टेवा पुग्ने अध्यक्ष शेर्पाले विश्वास व्यक्त गरे ।
ताजा अपडेट
- खुम्चियो सेयरबजार
- बैंकिङ क्षेत्रको आन्तरिक कारोबार घट्यो
- राष्ट्रिय वाणिज्य बैंक चितवनको छाप किर्ते गरी रकम अपचलन गर्ने परियार पक्राउ
- खुम्चियो सेयर बजार
- मस्क फेरि पछि परे
- बोइङ ७७७ का केही इन्जिन अनुगमन गर्न एफएएको आदेश
- मार्च १ देखि भारतमा दोस्रो चरणको खोप अभियान
- हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया