Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकेदार संकेतको कृति ‘अफगानी रणमैदान’को लोकार्पण

केदार संकेतको कृति ‘अफगानी रणमैदान’को लोकार्पण


काठमाडौं ।
साहित्यकार केदार संकेतको नवीनतम कृति ‘अफगानी रणमैदान’को राजधानीमा लोकार्पण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार रोचक घिमिरे, समीक्षकहरू प्राध्यापक डाक्टर गोविन्दराज भट्टराई, प्राध्यापक डाक्टर कुमार कोइराला, डाक्टर नेत्र एटम, वरिष्ठ पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’, साहित्यकार इल्या भट्टराई र कवि उत्तम काँतिचले संयुक्त रुपमा कृतिको विमोचन गरेका हुन् । कार्यक्रममा वक्ताहरूले सर्जक संकेतको यो कृति युद्ध साहित्यमा रुचि राख्नेका लागि एक महत्वपूर्ण दस्तावेज भएको बताए ।

युद्ध साहित्यमा अहिलेसम्म महत्वपूर्ण कृति प्रकाशित नभएको भन्दै वक्ताहरुले नेपाली साहित्यमा यस कृतिको खास महत्व प्रमाणित भएको धारणा राखे । युद्धको बर्बर अवस्थाबाहेक माया, प्रेम, यौवनसहित व्यङ्ग्यका पक्षहरूहरुलाई बेजोडसँग समेट्न कृति सफल भएको वक्ताहरूको भनाइ थियो । सांग्रिला बुक्सले यो पुस्तक प्रकाशित गरेको हो । आफैं जलिरहेको देश (कविता सङ्ग्रह), एथेन्सको झरी (नियात्रा), सङ्केतका कविताहरूलगायतका कृति प्रकाशित गरिसकेका सर्जक संकेत विभिन्न पुरस्कारहरूबाट पुरस्कृत भइसकेका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया