Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालस्थानीय आर्थिक विकास समिति विस्तार उद्यमशीलता प्रवर्द्धन गर्ने कार्यक्रम ल्याउन सुझाव

स्थानीय आर्थिक विकास समिति विस्तार उद्यमशीलता प्रवर्द्धन गर्ने कार्यक्रम ल्याउन सुझाव


काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघले स्थानीय आार्थिक विकास समितिलाई विस्तार गरेको छ । महासंघको कार्यकारिणी समितिका सदस्य सुरजकृष्ण वैद्यको सभापतित्वमा गठित समितिको सहसभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू उमेश डालमिया र महेन्द्रकुमार श्रेष्ठ चयन भएका छन् । यस्तै समितिका सदस्यहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू चक्र बहादुर अधिकारी, कुबिर कुमार श्रेष्ठ, अमृत भट्टचन, गजेन्द्रकुमार भगत, गोपाल केडिया र आरएण्डडी इनोभेसन सोलुसन प्रालिका अध्यक्ष सुनिता नेमाफुकी चयन भए ।

त्यसैगरी समितिमा विशेष आमन्त्रित सदस्यहरुमा टीकापुरका परशुराम चपाई, बझाङ्गका दानबहादुर सुर्मेली, दैलेखका कुलबहादुर विक, तुलसीपुरका वीर बहादुर राउत, पोखराका पवन प्रजापति, दोलखाका दिनेश बस्नेत, रामेछापका जेएन दाहाल, ललितपुरका मिलन शाक्य, भक्तपुरका प्रदीप श्रेष्ठ, सिन्धुपाल्चोकका वेद बहादुर श्रेष्ठ, बुटवलका उज्ज्वल कसजु, धादिङका राजकुमार श्रेष्ठ, गौशालाका रामराजा प्रसाद साह, इटहरीका विष्णुनारायण डांगी, सुनसरीका शिवराज श्रेष्ठ, झापाका नवराज पनेरु (राजु), ओेखलढुंगाका ज्ञानेन्द्र मास्के, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) का दिपक पनेरु, नवलपरासीका रेशमलाल सापकोटा, चितवनका राजु श्रेष्ठ, थाहानगरका कविराज खत्री, गुर्खा इन्काउन्टर प्रालिका प्रतिमा भट्ट छन् ।

त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वसचिव हरिहर सुवेदी समितिको सल्लाहकार चयन भएका छन् । समिति विस्तार कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले स्थानीय तहमा आर्थिक विकासका सम्भाव्यताहरूको पहिचान गरी सोहीअनुसार कार्यक्रम तय गर्न समितिलाई सुझाव दिए ।

महासंघका तर्फबाट नेपाल सरकारमा के कस्तो सल्लाह सुझाव दिँदा स्थानीय आर्थिक विकासका माध्यमबाट स्थानीय जनताको जीवनस्तर सुधार, उद्यमशीलता विकास र रोजगारी सृजनामा सहयोग पु-याउन सकिन्छ सोहीअनुसार समितिलाई क्रियाशील राख्नुपर्ने उनको सुझाव थियो । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठले स्थानीय सीप, स्रोत साधन र कच्चापदार्थमा आधारित उद्योग व्यवसाय विस्तारका लागि महासंघका तर्फबाट के कसरी सहयोग गर्न सकिन्छ सोको पहिचानसहित अगाडि बढ्न समितिलाई शुभकामना दिए ।

साथै समितिका सभापति वैद्यको सभापतित्वमा बसेको बैठकले स्थानीय आर्थिक विकासको लागि के कस्ता कार्य गरी अगाडि बढ्न सकिन्छ सो विषयको पहिचानका लागि छिट्टै एक कार्यशाला गोष्ठी गरी आगामी कार्ययोजना तयार गर्ने गरी निर्णय गरेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया