Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाललुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको कार्यतालिका सार्वजानिक

लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको कार्यतालिका सार्वजानिक


काठमाडौं ।
लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको आगामी जेठ १७ गते हुने उपनिर्वाचन कार्यक्रम स्वीकृत गरी सार्वजानिक गरिएको छ । कार्यक्रमअनुसार जेठ ४ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र उम्मेदवारको सूची प्रकाशन गरिनेछ ।

त्यसअघि जेठ १ गते मतदाता नामावली प्रकाशन गर्ने र दाबीविरोधको उजुरी दिने, जेठ २ र ३ गते प्राप्त निवेदन तथा उजुरीमाथि छानबिन र कारबाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

आयोगका अनुसार जेठ ५, ६ र ७ गते उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तथा नामावली प्रकाशन गर्ने, जेठ ८ गते नाम फिर्ता लिने र जेठ ९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया