Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालअक्सिजन प्लान्ट निर्माणको लागि गुल्मी अस्पताललाई आर्थिक सहयोग

अक्सिजन प्लान्ट निर्माणको लागि गुल्मी अस्पताललाई आर्थिक सहयोग


गुल्मी ।
दोस्रो भेरिएन्टको कोरोना भाइरस संक्रमणबाट थलिएका संक्रमितलाई अक्सिजनको अभाव रोक्न सुरु गरिएको अभियानबाट ६० लाख रुपैयाँ संकलन भएको छ । कोरोनाको दैनिक संक्रमण बढ्न थालेपछि नेपाल पत्रकार महासंघ गुल्मी शाखाले गत वैशाख २५ गतेदेखि उक्त अभियान सुरु गरेको थियो ।

उक्त अभियानबाट संकलन भएको रकम सोमबार गुल्मी अस्पतालका डाक्टर उत्तम पच्यालाई हस्तान्तरण गरिएको छ । अभियान सुरु गरिएको छोटो समयमै ६० लाख रकम संकलन गर्न सफल भएको पत्रकार महासंघ गुल्मी शाखाका अध्यक्ष टोपलाल अर्यालले बताए । हस्तान्तरण गरिएको रकमबाट काम सुरु हुनका लागि मंगलबार टेण्डर आह्वान हुँदै छ ।

जिल्लामा बिरामीहरुले अक्सिजन नपाएका कारण अकालमै ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यका साथ महासंघले पाँच लाख रुपैयाँबराबरको २० वटा ठूला भरिएका अक्सिजन सिलिन्डर अस्पताललाई प्रदान गरिएको पत्रकार महासंघ गुल्मी शाखाका उपाध्यक्ष रेशम कुँवरले जानकारी दिए ।

यस्तै अर्थ मन्त्रालयले जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्न एक करोड र आईसीयू बेडको स्थापना गर्नका लागि दुई करोड गरी कुल तीन करोड रुपैयाँ विनियोजन भएको छ । जिल्लामा सुविधासम्पन्न अस्पताल सहज पहुँच नहुँदा बुटवल, पोखरा, चितवन, काठमाडौं लगायतका ठूला सहरमा मोटो रकम खर्चिनुपर्ने बाध्यता थियो । आईसीयू बेड र अक्सिजन प्लान्ट निर्माणमा करोडौँ रकम विनियोजनले उपचार सहयोग हुनेमा जिल्लावासीमा आशा पलाएको छ ।

यो महामारीको अवस्थामा अक्सिजन सिलिन्डर भर्नेदेखि अक्सिजन प्लान्टसम्मका काममा नेपाल पत्रकार महासंघ गुल्मीले सक्रियता जनाउँदै आएको छ । कोरोना भाइरसका कारण गुल्मी जिल्लामा ६८ जनाले ज्यान गुमाएका छन् भने सक्रिय संक्रमित नौ सय ३० जना छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया