Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल‘अक्सिजन सिलिन्डर जुटाऔँ, जीवन बचाऔँ’ अभियान

‘अक्सिजन सिलिन्डर जुटाऔँ, जीवन बचाऔँ’ अभियान


काठमाडौं ।
कोभिड संकटका कारण निषेधाज्ञा जारी रहेको अवस्थामा मानवअधिकार तथा शान्ति समाजले ‘अक्सिजन सिलिण्डर जुटाऔँ, जीवन बचाऔँ’ अभियान सञ्चालन गरेको छ । यसै क्रममा शान्ति समाजले अक्सिजन भरिएका १० थान ठूला सिलिन्डर संकलन गरी लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठलाई हस्तान्तरण समेत गरिसकेको छ ।

शान्ति समाजका सभापति गोविन्द खनाललगायत पदाधिकारीहरुले गत बिहीबार हस्तान्तरण गरेका थिए । उक्त सिलिन्डरहरु मन्त्रालयमार्फत अत्यावश्यक बिरामीका लागि कोभिड अस्पतालमा वितरण हुनेछन् । शान्ति समाजले वर्तमान संकटपूर्ण अवस्थामा सकेसम्म सेवामुखी कार्यलाई निरन्तरता दिइरहेको छ ।

यस क्रममा शान्ति समाजले जेठ ५ गते पशुपति क्षेत्रमा रहेका बाँदरहरुका लागि बाँदरले मन पराउने भिजेको चना र पाउरोटीसहितको सामग्री वितरण गरेको थियो भने जेठ ४ गते असहाय गाईबाछा संरक्षण अभियानलाई १६ हजारबराबरको खाद्य सामग्री प्रदान गरेको थियो ।

यसैगरी जेठ ३ गते गुह्येश्वरी मन्दिर अगाडि रहेका सहयोगापेक्षित व्यक्तिहरुलाई पाउरोटी वितरण गरेको थियो भने जेठ २ गते काठमाडौं साँखुस्थित द्वन्द्वपीडित तथा अपांग समाजलाई २३ हजारको खाद्य सामग्री सहयोग प्रदान गरेको थियो । सहयोग प्रदान कार्यक्रममा शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, काठमाडौं शाखा सदस्य विकास थापा, भगवान पुडासैनीसहितको सहभागिता थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया