Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालजिल्ला अस्पताल बझाङमा अक्सिजन प्लान्ट जडान

जिल्ला अस्पताल बझाङमा अक्सिजन प्लान्ट जडान


बझाङ ।
जिल्ला अस्पताल बझाङमा अक्सिजन प्लान्ट जडान गरी परीक्षण उत्पादन सुरु गरिएको छ । केही दिनभित्रै नियमित उत्पादन सुरु हुने अस्पतालले जनाएको छ । सुदूरपश्चिम प्रदेश सरकारले विनियोजन गरेको ८० लाख रकमले जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको हो ।

‘शुक्रबार परीक्षण उत्पादन सफल भएको छ । आइतबारबाट नियमित उत्पादन हुनेछ’, जिल्ला अस्पतालका कार्यालय प्रमुख डाक्टर सन्दिप ओखेडाले भने ‘बझाङ अस्पतालमा अब अक्सिजनको समस्या टरेको छ ।’ अहिले अक्सिजन सोझै बिरामी राख्ने बेडसम्म पाइपमार्फत जडान गर्ने प्रणाली स्थापना गर्ने काम भइरहेको उनले बताए । केही दिनभित्र १६ वटा बेडमा पाइपमार्फत अक्सिजन पु-याउने प्रविधि पनि सञ्चालनमा आउने उनले जानकारी दिए । नियमित उत्पादन सुरु भएपछि अक्सिजन प्लान्टबाट दैनिक चार सिलिन्डर अक्सिजन उत्पादन हुने अस्पतालले जनाएको छ ।

‘बिरामीको जोखिम मात्रै घटेको छैन । अब अक्सिजन भर्नका लागि जिल्ला बाहिर पठाउनुपर्ने र अक्सिजन कहिले आउला भनेर कुर्नुपर्ने अवस्था पनि अन्त्य भएको छ,’ डा. ओखेडाले भने, ‘आवश्यक पर्दा जिल्लाभित्रका अरू स्वास्थ्य संस्थालाई पनि अक्सिजन आपूर्ति गर्नसक्ने अवस्थामा हामी पुगेका छौँ ।’

जिल्ला अस्पतालमा अक्सिजन प्लान्टका लागि सुदूरपश्चिम प्रदेश सरकारले ८० लाख बजेटको व्यवस्थापन गरेको थियो । सोही रकमबाट अहिले जिल्ला अस्पतालमा अक्सिजन प्लान्टका लागि काम अघि बढाइएको हो । जिल्ला अस्पतालमा जोडिएको विद्युत् अक्सिजन प्लान्ट पर्याप्त नभएका कारण सञ्चालनमा कठिनाइ भएको छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया