Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालङिस्याङमा खाद्यान्न अभाव

ङिस्याङमा खाद्यान्न अभाव


मनाड. ।
अविरल वर्षासँगै आएको बाढीले गर्दा ङिस्याङमा खाद्यान्न अभाव भएको छ । बाढी पहिराले सडक अवरुद्ध भएकाले माथिल्लो मनाङ ङिस्याङमा आपूर्ति हुननसक्दा खाद्यान्न अभाव भएको छ ।

जिल्लामा होटेल व्यवसाय चल्ने हुँदा होटेलहरूले केही मात्रामा भण्डारण गरे पनि निरन्तर सामग्री आपूर्ति गर्न नसक्दा विपत्को समयमा खाद्यान्न अभाव भएको स्थानीयवासी विनोद गुरुङले जानकारी दिए । पर्यटकीय क्षेत्र भएकाले जिल्लामा भण्डारण कम र दैनिक ढुवानी हुनेहुँदा होटेल व्यवसायीले खाद्यान्न भण्डारण गर्नेगरेकाले अहिले समस्या परेको गुरुङले बताए ।

बाढी पहिराले जिल्लाका एक गाउँबाट अर्को गाउँमा जानसक्ने अवस्था छैन । त्यसैले खाद्य सामग्री अभाव हुँदै गएको बताइएको छ । मस्र्याङ्दी नदीमा बाढीको सतह कम हुने अवस्था छैन । वर्षा हालसम्म पनि निरन्तर रहेकाले माथिल्लो मनाङमा बाढीको प्रभाव देखिनथालेको स्थानीयवासी बताउँछन् । बाढी पहिरो जिल्लाका प्रायः सडक अवरुद्ध छन् । अवरुद्ध सडक खुलाउने प्रयास गरिए पनि सफल हुननसकेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।

जिल्लामा केही मात्रामा खाद्यवस्तु भण्डारण रहेको उनले बताए । ‘सडक अवरुद्ध हुँदा केही भण्डारमा रहेको खाद्यसामग्री अभाव भएको स्थानमा पु¥याउन सकिएको छैन’, उनले भने । विगतमा दैनिकरूपमा खाद्यसामग्री ल्याउन सहज हुँदा र भण्डारण नगरिँदा अहिले समस्या सिर्जना भएको हो ।

कोरोना कहरले गर्दा खाद्यान्न ढुवानीसमेत कम भएकाले हाल अभाव भएको स्थानीयवासीको भनाइ छ । भविष्यमा हुनसक्ने सम्भाव्यतालाई दृष्टिगत गर्दै भण्डारण नगर्दा विपत्मा समस्या भएको उनीहरूको भनाइ छ । एक ठाउँबाट अर्को ठाउँमा पुग्नका लागि पैदल यात्राबाट पुग्ने अवस्था नभएर हेलिकोप्टरको सहारामा मात्रै सामग्री आदानप्रदान र पुग्नसक्ने अवस्था रहेको बताइएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया