Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालआन्तरिक राजस्व विभागको स्टिकर दुरुपयोग गर्ने पाँच जना पक्राउ

आन्तरिक राजस्व विभागको स्टिकर दुरुपयोग गर्ने पाँच जना पक्राउ


कैलाली । आन्तरिक राजस्व विभागको स्टिकर दुरुपयोग गर्ने पाँच जना पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका–७ बाट आन्तरिक राजस्व विभाग लेखिएको स्टिकर रोल ७७ (जम्मा स्टिकर संख्या दुई लाख ८८ हजार छ सय ७४), ७० यूपी ३०० एमएल लेखिएको छाप तीन थान, तीन थान स्ट्याम प्याड र मसीसहित पाँच जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारत लखिमपुर खिरी ग्राम पञ्चायत बरौठा बस्ने १९ वर्षीय संजित कुमार, सोही ठाउँ बस्ने २० वर्षीय रिंकु कुमार, २२ वर्षीय सुरेश कुमार, रौतहट गरुडा नगरपालिका–१ जयनगर बस्ने ४० वर्षीय राज कुमार शाह र पर्सा वीरगञ्ज नगरपालिका–१३ घण्टाघर बस्ने ५५ वर्षीय विजय गुप्ता रहेका छन् । संजित कुमारले चलाएको ना.३२प ६२८१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ३ वटा कार्टुनभित्र आन्तरिक राजस्व विभाग लेखिएको उक्त स्टिकर फेला पारी संजित र मोटरसाइकलमा सवार रिंकुलाई पक्राउ गरेको थियो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उक्त स्टिकरका रोलहरुमध्ये १३ रोल स्टिकरमा एउटै सिरियल नम्बर भएका स्टिकर पटक–पटक दोहोरिएको पाइएको र उक्त स्टिकर गौरीगंगा नगरपालिका–७ मसुरियास्थित वेष्टर्न लिकर्स प्रालिबाट ल्याई उनीहरु बस्ने कोठामा छाप लगाउन लैजानलागेको भन्ने खुल्न आएपछि उनीहरु बस्ने कोठामा तलासी गर्दा छाप, स्ट्याम प्याड र र मसी समेत फेला पारी बरामद कोठामा रहेका राज कुमार, विजय र सुरेश कुमारलाई प्रहरीले पक्राउ गरेको हो ।

आन्तरिक राजस्व कार्यालय धनगढी कैलालीसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको संयुक्त टोलीले उक्त वेष्टर्न लिकर्स प्रालिमा स्टिकर भण्डारण गरिएको कोठा सिल गरेको छ । उनीहरुलाई आन्तरिक राजस्व कार्यालय धनगढी कैलालीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया