Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल‘आदर्श समाज निर्माणमा हन्डर खेपेका युवाको भोगाइ’

‘आदर्श समाज निर्माणमा हन्डर खेपेका युवाको भोगाइ’


काठमाडौं । लेखक नारद पोखरेलले केही समयअघि सार्वजनिक गरेको उपन्यास प्रतिघात, अहिले चर्चामा छ । उपन्यासमा चित्रण गरिएका विषयवस्तुमाथि अहिले धेरैको चासो बढिरहेको छ । धेरैले यो चित्रणलाई रुचाएका छन् । एक समय आदर्श समाज निर्माणका लागि अनेकौँ हन्डर खेपेका युवायुवतीको जीवनभोगाइ हो, प्रतिघात ।

जहाँ विषाक्त राजनीतिले गर्दा सिंगो राष्ट्रले भोग्नुपरेको घातलाई उदांगो पारिएको छ । त्यो समयका युवाहरू आजको दिनमा के सोच्छन् ? के गर्छन् ? भन्ने कुरालाई उपन्यासमा लेखिएको छ । त्यसका लागि उपन्यासका पाना पल्टाउनुपर्ने हुन्छ । लेखक पोखरेल प्रतिघातले आदर्शमय समाज प्रेम र प्रेममय समाज निर्माणका लागि पूर्वीय मार्गचित्रलाई राम्रोसँग उजागर गरेको दाबी गर्छन् । उनी भन्छन्, तपाईंले उपान्यास पढ्नुभयो भने यी सम्पूर्ण कुराहरू पाउनुहुनेछ ।

पुस्तकमा पोखरेलले केही आफ्ना अनुभव तथा भोगाइलाई समेटेका छन् । उपन्यासको मुख्य पात्र भने पोखरेलले आफ्नो साथीलाई बनाएका छन् । दुई पुस्तक सार्वजनिक गरिसकेका लेखक पोखरेलले लामो समयदेखि पुस्तक लेख्ने फुर्सद पाएका थिएनन् । कोरोनाका कारण घरमा थुनिएर बस्नुपर्दा यो उपन्यास तयार पारेका थिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया