Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालहस्तकला डिजाइनिङ प्रतियोगिताका विजेता घोषणा

हस्तकला डिजाइनिङ प्रतियोगिताका विजेता घोषणा


काठमाडौं । नेपाल हस्तकला महासंघले हस्तकला डिजाइनिङ प्रतियोगितका विजेता घोषणा गरेको छ । हस्तकलाको व्यावसायिक संरक्षण र प्रवद्र्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल (आइडिया नेपाल)द्वारा आयोजित प्रतियोगितामा रविना श्रेष्ठ, रोशन ठाकुर र निलिमा प्रधान क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । विजेताहरूलाई नगद पुरस्कारका साथै इन्टेरियर डिजाइनिङ हस्तकला अवार्डबाट सम्मान गरिएको छ ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादवप्रसाद कोइरालाले अवार्ड प्रदान गरेका हुन् । सो अवसरमा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी र ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्याललगायतको पनि उपस्थिति रहेको थियो । हस्तकलाको व्यावसायिक संरक्षण र प्रवद्र्धनका लागि महासंघ र आइडिया नेपालबीच गत महिना सहकार्य गर्ने सझौता भएको थियो । सझौताअनुसार इन्टेरिएर डिजाइनिङका विद्यार्थीबीच हस्तकला डिजाइनिङ प्रतियोगिता आयोजना गरिएको आइडिया नेपालकी अध्यक्ष बिन्द्रा कक्षपति प्रधानले बताइन् ।

नेपाली हस्तकलालाई समयअनुसार परिमार्जन गर्दै जाने उद्देश्यका साथ हस्तकला वर्ष २०२१ को अवसरमा हस्तकलाको प्रवर्द्धनात्मक अभियानअनुसार नै दुवै संस्थाबीच सहकार्यका लागि उक्त सझौता भएको होे । यस्ता कार्यक्रमहरूले विश्वव्यापी कोरोनाका कारण हस्तकला निर्यात प्रभावित भइरहेको सन्दर्भमा नेपाली हस्तकला बजारलाई चलायनमान बनाउने कार्यमा सघाउ पु-याउने महासंघको अपेक्षा रहेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया