Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनेपाल उद्योग परिसंघमा कृषि विकास परिषद् गठन

नेपाल उद्योग परिसंघमा कृषि विकास परिषद् गठन


काठमाडौं । नेपाल उद्योग परिसंघअन्तर्गत कृषि विकास परिषद् गठन भएको छ । परिसंघका राष्ट्रिय परिषद् सदस्य विकासकुमार दुगरको नेतृत्वमा परिषद् गठन भएको हो । परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी परिषद्मा कोअर्डिनेटिङ उपाध्यक्ष रहेका छन् ।

परिषदले नेपालमा कृषि क्षेत्रको विकासका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सरोकारवाला निकायसँग समन्वय गरी कार्य अघि बढाउनेछ । कृषि क्षेत्रको विकास तथा कृषकको जीवनस्तर सुधारका लागि आवश्यक पर्ने प्राविधिक सहयोगको लागि पैरवी गर्ने उद्देश्यले गठन गरिएको यो परिषदले नेपाली कृषि उत्पादनलाई स्वदेशी तथा विदेशी बजारमा पु-याउन सहजीकरण गर्नेछ ।

पहिलो चरणमा नमूनास्वरूप एउटा गाउँपालिकाको पहिचान गरी त्यहाँको माटोमा उत्पादन गर्न सकिने बाली पहिचान गर्ने र त्यस बालीको उन्नतस्तरको बिउबिजन कृषकहरुलाई उपलब्ध गराउने योजना परिषद्को छ । परिषदको सदस्यहरूमा पवनकुमार गोल्यान, प्रेम लामा, डा. दिल्ली रामशर्मा, सागर गौतम, राशी संघाई र सतिश श्रेष्ठ छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया