Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालयुवाहरुलाई रोजगारी दिने पूर्वाधार निर्माणको काम सुरु

युवाहरुलाई रोजगारी दिने पूर्वाधार निर्माणको काम सुरु


जनकपुरधाम, माघ १६
प्रदेश नं. २ सरकार र डिफिडको सहयोगमा सञ्चालित सीप परियोजनाबीच आगामी तीन वर्षभित्र ४५ हजार युवालाई रोजगारी दिने भएको सम्झौताअनुरुप पूर्वाधार निर्माणको क्रम सुरु भएको छ । गत साउन महिनामा भएको सम्झौताअनुरुप विभिन्न सेवाप्रदायक संस्थाले प्रतिबद्धताअनुरुपको रोजगारी सृजना गर्ने कार्य थालनी गरेको हो ।

मोरङ अटो वक्र्सले जनकपुरमा जेसीबी तालिम सेन्टरको शुभारम्भ गरेको छ भने रोजगारी पसलले यसअघि नै प्रदेश नं. २ को विभिन्न स्थानमा घुम्ती रोजगारी पसल सञ्चालन गर्दै बेरोजगार युवाहरुको लगत संकलन गरी रोजगारी उपलब्ध गराउने काम सुरु गरिसकेको छ । मोरङ अटो वक्र्सको तालिम केन्द्रको शुभारम्भ गर्दै मुख्यमन्त्री राउतले आजको प्राविधिक युगमा सीपविना रोजगारी खोज्नु रेगिस्तानमा पानी खोज्नुसरह हुने भएकोले प्रदेश सरकार युवाहरुलाई प्रविधिमा पहुँच बनाउन यस्ता कार्यक्रमहरुको थालनी गरेको बताए ।

सीप परियोजनाका साझेदार संस्था लेबल स्टेपले पनि सर्लाहीको हरिवनमा गलैँचा बनाउने तालिमको सुरुवात गरिसकेको छ । एसबीआई बैंकले वैदेशिक रोजगारीमा जाने युवाहरुको लागि बुधबारबाट सहुलियत ऋण उपलब्ध गराउने कार्यको शुभारम्भ गरेको छ । त्यसैगरी प्रभु बैंकले बिहीबारबाट यो योजना सुरुवात गर्ने सीप परियोजनाका साविस अन्सारीले जानकारी दिए ।

युवायुवतीहरुलाई प्रविधिमा पहुँच बनाउँदै रोजगार बनाउने योजनाअनुरुप युके एडकै सहयोगमा प्रविधिमा महिला भन्ने कार्यक्रमको समेत जनकपुरमा बुधबारबाट शुभारम्भ भएको छ । सो कार्यक्रमको समेत मुख्यमन्त्री लालबाबु राउतले शुभारम्भ गर्दै युवतीहरुलाई प्रविधिमा पहुँच बढाउनुपर्नेमा जोड दिए । यता युके एडकै सहयोगमा जनकपुरलाई क्यासलेस बनाउने योजनाअनुरुप आईएमईको सहयोगमा पैसा कार्डको समेत शुभारम्भ भएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया