Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालएभरेष्ट ग्याँस संसारको ब्रान्ड एम्बेसडरमा हाँस्य कलाकार दीपा र दिपक

एभरेष्ट ग्याँस संसारको ब्रान्ड एम्बेसडरमा हाँस्य कलाकार दीपा र दिपक


काठमाडौं । एभरेष्ट ग्यास संसारले चर्चित हाँस्यजोडी दिपकराज गिरी र दीपाश्री निरौलालाई आधिकारिक रूपमा ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । हायात प्यालेस होटल काठमाडौँमा आयोजित एक भव्य समारोहबीच उनीहरुलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो ।

एभरेष्ट ग्याँस संसार नेपालको पुरानो र ठूलो ग्यास उद्योग समूह हो, जसको एभरेष्ट (काठमाडौँ), त्रिशूल (भैरहवा), कामाख्य (सुनसरी), प्रिमा (सुनसरी), साहारा (हेटौडा), सैपाल (कैलाली) र सुगम (धादिङ) ग्याँस गरी जम्मा सातवटा ग्याँस ब्राण्डहरू एउटै छातामुनि उत्पादन गर्दै आएको छ । यी सबै ब्राण्डहरुका करिब २० लाख सिलिन्डरले लाखौँ नेपालीको भान्सामा साथ पाएको कम्पनीको दाबी छ । करिब तीन हजार डिलरहरुको सञ्जालमार्फत एभरेष्ट ग्याँस संसारले नेपालको कुना–कुनामा सेवा प्रदान गर्दै आएको छ । एभरेष्ट ग्याँस संसारका अध्यक्ष शिवप्रसाद घिमिरेले नेपालको ग्यास बजारमा केहि उपभोक्ताले एउटा ब्राण्डबाट अर्काे ब्राण्डको सिलिन्डर परिवर्तन गर्दा अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता रहेको बताए ।

एभरेष्ट ग्यास संसारमार्फत सातवटा ब्रान्डहरुलाई एउटै छानामुनि ल्याएर उपभोक्तालाई केही सहज गर्ने प्रयास गरेको उनको भनाइ छ । दिपक र दीपाको जोडी छनोट गर्नुको कारण बताउँदै अध्यक्ष घिमिरेले भने, ‘एभरेष्ट ग्याँस भनेको धर्म, जात, वर्गको भेदभाव नगरी जनताको ब्रान्ड हो । त्यस कारण हामी सामूहिक अपिल भएको व्यक्तिसँग जोडिन चाहन्थ्यौँ । त्यसैले, दीपा र दिपक हाम्रो स्पष्ट पहिलो रोजाइ थिए । दीपा र दिपकको नेपाली जनतासँग विशेष सम्बन्ध छ ।’ दुवै ब्रान्ड एम्बेसडरले नेपालको प्रसिद्ध एलपीजी ग्याँस समूहसँग परिवारको सदस्यको रूपमा जोडिएपछि खुशी व्यक्त गरेका छन् । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया