Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनयाँ मेसिनले चयन ग-यो एमालेमा नयाँ नेतृत्व

नयाँ मेसिनले चयन ग-यो एमालेमा नयाँ नेतृत्व


काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै मंगलबार सकिएको छ । चितवनमा भएको महाधिवेशनले अध्यक्ष पदमा केपी शर्मा ओली निर्वाचित भएका छन् । ओली सर्वाधिक मतका साथ विजयी भएका हुन् । ओलीले एक हजार आठ सय ३७ मत प्राप्त गरेका थिए भने प्रत्याशी डा भीमबहादुर रावलले दुई सय २३ मत प्राप्त गरे । एमाले विभाजित भएपछि भएको महाधिवेशनको नेतृत्व कस्तो हुन्छ भन्ने सबैले चासोका साथ हेरेका थिए ।

नेकपा एमालेका अनुसार उक्त महाधिवेशनले उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले एक हजार नौ सय ७६, सुरेन्द्रप्रसाद पाण्डेले एक हजार नौ सय २५, सुवासचन्द्र नेम्वाङले एक हजार आठ सय ६५, विष्णु पौडेलले एक हजार आठ सय ५६, युवराज ज्ञवालीले एक हजार आठ सय ४२ र रामबहादुर थापाले एक हजार सात सय ६८ मत ल्याई विजयी भए । उपाध्यक्षका प्रत्याशी घनश्याम भुसालले भने सात सय २५ मत मात्र प्राप्त गरी पराजित भए ।

सचिव पदमा गोकर्ण विष्टले एक हजार नौ सय ७४, योगेश भट्टराईले एक हजार नौ सय ६०, पद्माकुमारी अर्यालले एक हजार सात सय ९९, छविलाल विश्वकर्माले एक हजार आठ सय तीन, लेखराज भट्टले एक हजार सात सय चार, टोपबहादुर रायमाझीले एक हजार आठ सय चार र रघुवीर महासेठले एक हजार पाँच सय मत ल्याई विजयी भए भने सचिव पदका प्रत्याशी भीमप्रसाद आचार्यले सात सय ८८ र टङ्कप्रसाद कार्कीले पाँच सय ५९ मत प्राप्त गरे ।

यसअघि नै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेल र उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली तथा विष्णु रिमाल निर्विरोध निर्वाचित भएका थिए । एमालेको केन्द्रीय सदस्यमा प्रदेश नं १ बाट खुल्लामा किशोरकुमार अधिकारी, टङ्क आङ्वुहाङ (लिम्बु), तिलकुमार मेन्याङ्वो लिम्बु, परशुराम अधिकारी, वसन्तकुमार नेम्वाङ र राजेन्द्रकुमार राई विजयी भए भने प्रदेश नं १ को महिलातर्फ केन्द्रीय सदस्यमा उषाकला राई, मञ्जु भण्डारी र मेनुका काफ्ले विजयी भए ।

यस्तै, सुदूरपश्चिम प्रदेश महिला सदस्यमा कमलाकुमारी ओली, कुमारी कमला बोहोरा र सन्तोष शर्मा थापा विजयी भए । यस्तै दलित खुल्ला सदस्यमा ईश्वरी रिजाल, गोविन्दबहादुर नेपाली, जङ्गबहादुर नेपाली, जीतु गौतम, पुरनसिंह दयाल, बोमबहादुर विश्वकर्मा, रामदयाल मण्डल र रामप्रित राम विजयी भए ।

थारु खुल्ला सदस्यमा गौरीशङ्कर थारु चौधरी, कृपाराम राना थारु, बलवीरप्रसाद चौधरी, बैजनाथ चौधरी र जयप्रकाश थारु विजयी भएका छन् । यस्तै पिछडिएको क्षेत्रबाट सदस्यमा भैरवसुन्दर श्रेष्ठ, मोहन बानियाँ र लालबहादुर थापा विजयी भए ।

खुल्ला केन्द्रीय सदस्यमा अग्निप्रसाद खरेल, अच्युतप्रसाद मैनाली, अरुण नेपाल, कमलप्रसाद चौलागाईं, कपिलदेव पोखरेल, कर्णबहादुर थापा, काशीनाथ अधिकारी, किरण गुरुङ, किरण पौडेल, किशोरविक्रम मल्ल, कुमार दसौदी, कृष्णगोपाल श्रेष्ठ, कृष्णप्रसाद दाहाल, कृष्णप्रसाद पौडेल, कृष्णबहादुर थापा, खगराज अधिकारी, खड्कबहादुर खड्का, खिमलाल भट्टराई र गणेशकुमार पहाडी विजयी भए । खुल्लातर्फ नै गणेशसिंह ठगुन्ना, गिर्धारीलाल न्यौपाने, गुरुप्रसाद बराल, गोकुलप्रसाद बास्कोटा, गोरखबहादुर बोगटी, गोविन्द थापा, घनश्याम पाण्डे, घनश्याम भुसाल, चन्द्रबहादुर खड्का, चेतनारायण आचार्य, जगन्नाथ थपलिया, जीवन घिमिरे, झपटबहादुर रावल, टङ्कप्रसाद कार्की, ठाकुरप्रसाद गैरे, डा राजन भट्टराई, दधिराम न्यौपाने, दयालबहादुर शाही, दल रावल, दिवाकर देवकोटा, देवराज घिमिरे, देवीप्रसाद ज्ञवाली, देवेन्द्र दाहाल, नरबहादुर धामी, नवराज रावत, नारायणबहादुर सिलवाल, निर्मल भट्टराई, पठानसिंह बोहरा र पर्शुराम मेघी गुरुङ विजयी भए ।

एमालेको निर्वाचन समितिका अनुसार केन्द्रीय सदस्यमै पार्वत गुरुङ, पुरुषोत्तम पौडेल, प्रकाशबहादुर साह, बलराम अधिकारी, बालकृष्ण ढुङ्गेल, भानुभक्त ढकाल, भीमप्रसाद आचार्य, भीमबहादुर कार्की, भीमबहादुर रावल, मणिचन्द्र थापा, मनोजगङ्ग थापा, महेश बस्नेत, माधवप्रसाद अर्याल, यज्ञराज सुनुवार, यामलाल कँडेल र रघुजी पन्त विजयी भए ।

यस्तै, रवीन कोइराला, रविन्द्र अधिकारी, राजबहादुर बुढा क्षेत्री, राजीव पहाडी, राजेन्द्रप्रसाद गौतम, राम राना, रामशरण बस्नेत, रामेश्वर फुँयाल, रोमनाथ ओली, लक्ष्मणराज ज्ञवाली, लक्ष्मी पोखरेल, विनोदप्रसाद ढकाल, शिवराज सुवेदी, शेरबहादुर तामाङ, शेरधन राई, श्रीप्रसाद जवेगु, सञ्जीवकुमार झा, सूर्य ढकाल, सूर्य थापा, सोम मिश्र र हिक्मतकुमार कार्की केन्द्रीय सदस्यमा विजयी भए ।

निर्वाचनमा दुई हजार एक सय ५३ मतमध्ये दुई हजार ९६ मत खसेको थियो । यही मंसिर १० गते नारायणी नदी किनारमा सुरु भएको उद्घाटनको बन्द सत्र सौराहामा भएको थियो । निर्विरोध गर्ने प्रयास सफल हुन नसकेपछि मंगलबार बिहान ४ बजेदेखि विद्युतीय उपकरणमार्फत मतदान गरिएको हो ।

अनुशासन आयोगको अध्यक्षमा केशवप्रसाद बडाल, उपाध्यक्षमा नेत्रप्रसाद पन्थी र सचिवमा प्रा डा भरतराज पहारीसहित २२ सदस्य निर्विरोध निर्वाचित भए भने लेखा आयोगको अध्यक्षमा पुष्पराज कँडेल, उपाध्यक्षमा विष्णु पन्थी, सचिवमा शिव अधिकारी र २२ सदस्य निर्विरोध निर्वाचित भए ।

नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीलगायत सबै केन्द्रीय सदस्यले मंगलबार नै शपथ लिएका छन् । मंगलबार नै केन्द्रीय कमिटिीको पहिलो बैठक सोराहामै बस्यो । दोस्रो बैठक मंसिर २५ र २६ गते बोलाइएको छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया