Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालडेढ करोड लगानीमा सरफ उद्योग सञ्चालनमा

डेढ करोड लगानीमा सरफ उद्योग सञ्चालनमा


जिएम यादव
बाँके, माघ २०
बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ मा स्वदेशी उत्पादनको रूपमा सरफ उद्योग स्थापना गरिएको छ । देशभर रहेको भारतीय उत्पादनको दबदबालाई विस्थापन गरी स्वदेशी उत्पादनको बजारीकरणको लागि साढे एक करोड लागतमा उद्योग सञ्चालनमा ल्याइएको हो । गत भदौदेखि ‘कर्णाली सोप एण्ड केमिकल इन्डष्ट्रिज’ नामक सरफ उद्योग सञ्चालनमा आएको होे ।

उद्योग वैदेशिक रोजगारीबाट फर्किएका तीन जना युवाहरूले सञ्चालन गरेका हुन् । उद्योगले अहिले यहाँको बजारलाई लक्षित गरी ‘असल’ नामक ब्राण्डका तीनवटा वस्तु उत्पादन गरिरहेको छ । उद्योगका मुख्य उत्पादन सरल नामका सरफ, ट्वाइलेट क्लिनर र फिनाइल उत्पादन भइरहेको कर्णाली सोप एण्ड केमिकल इन्डष्ट्रिजका सञ्चालक तथा म्यानेजर तुलबहादुर खत्रीले बताए । उनका अनुसार उद्योगबाट अन्यको भन्दा गुणस्तरीय सरफहरू उत्पादन भइरहेको छ । उनी २ वर्षको वैदेशिक रोजगारीबाट स्वदेश फर्किएर स्वदेशमा कर्म गर्न लागेका हुन् । दुई वर्ष दक्षिण अफ्रिकामा बसेका खत्री विदेशमा सिकेको सीप र ज्ञानको स्वदेशमै बसेर कर्म गर्ने र लगानी गरेको बताउँछन् ।

‘आफ्नो देशमा केही नयाँ काम गर्नुपर्छ भनेर तीन जना लागिपरेका छौँ’ उनले भने, ‘पश्चिम क्षेत्रमा केही नयाँ गुणस्तरीय उत्पादन दिने हाम्रो उद्देश्य छ ।’ यहाँको उत्पादन अहिले बाँके र बर्दिया जिल्लामा बिक्री वितरण भइरहेको छ । अहिले उद्योगको उत्पादनको बजारमा माग बढ्दै गएको समेत उनले बताए । उनका सहकर्मी पुष्पबहादुर रावल र अक्कलबहादुर सिंह हुन् । ‘बजारमा अहिले भारतीय सरफको दबदबा छ, यसको विस्थापन हाम्रो उद्देश्य हो’ सिंहले भने, ‘असल ब्राण्डलाई मेचीदेखि कालीसम्म पु-याउनेछौं ।’ ‘नाम पनि असल काम पनि असल’ भन्ने मुख्य नाराका साथ उद्योग सञ्चालन भइरहेको हो । पहिलो चरणमा केही संख्यामा बेरोजगारलाई रोजगारी समेत प्रदान गरिएको छ । अर्को वर्षबाट अझै व्यवस्थितरूपमा अघि बढ्ने उनले बताएका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया