Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबागवानीको राजस्व संकलनमा १६ प्रतिशतले गिरावट

बागवानीको राजस्व संकलनमा १६ प्रतिशतले गिरावट


सोलुखुम्बु । जिल्लाकोे बागवानी केन्द्र फाप्लुको राजस्व संकलनमा १६ प्रतिशतले गिरावट आएको छ । गत आर्थिक वर्ष २०७७/०७८ को पहिलो छ महिनामा १२ लाख ३५ हजार एक सय ३५ रुपैयाँ राजस्व संकलन गरेको केन्द्रले चालू आर्थिक वर्षको सोही अवधिमा घटेर १० लाख १८ हजार सात सय ८२ रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ । जुन प्रतिशतको हिसाबले १६ दशमलव ६६ प्रतिशतले कमी हो ।

कार्यालयका सूचना अधिकारी चन्द्र फडेराका अनुसार यस वर्ष विभिन्न फलफूलहरुको बिरुवा बिक्रीमा कमी आएकाले राजस्व संकलन घटेको हो । उनले भने, ‘अघिल्लो वर्ष यहाँ उत्पादन भएका किबी, स्याउ, आरु, नास्पातीजस्ता फलफूलको बिरुवाहरु अधिक मात्रामा बिक्री भएको थियो, त्यो वर्ष त कृषकको मागलाई हामीले धान्नै सकेनौँ । तर यो वर्ष त उत्पादन भएका बिरुवा नै खपत भएन, त्यसैले राजस्व संकलनमा कमी आएको हो ।’ कृषकहरु विभिन्न निजी फामहरुले उत्पादन गरेको बिरुवा खरिदमा लागेकाले बागवानीको बिरुवा बिक्री नभएको कार्यालयको अनुमान छ ।

चालू आर्थिक वर्षको अर्धवार्षिक अवधिमा बागवानीले कृषी उपज बिक्रीबाट नौ लाख ९१ हजार सात सय ८२ रुपैयाँ र प्रशासनिक सेवाहरुबाट २७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । बागवानी केन्द्रले मुख्य गरी फाममा उत्पादित विभिन्न फलफूल, तरकारीको बिरुवा तथा बेर्ना बिक्रीबाट राजस्व संकलन गर्नेगरेको कार्यालयले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया