Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालआदर्श सौल विद्यालयको स्वर्ण महोत्सव

आदर्श सौल विद्यालयको स्वर्ण महोत्सव


काठमाडौं, माघ २६
ललितपुरको सैँबु, बुङ्गमतीमा रहेको आदर्श सौलः युवक माध्यमिक विद्यालयले यस साता स्वर्ण महोत्सव मनाइरहेको छ । २०२६ माघ २६ गते स्थापना भएको सो विद्यालय आइतबार ५० वर्ष पुग्न लागेको अवसरमा विद्यालयले विविध कार्यक्रमसहित स्वर्ण महोत्सव मनाउन लागेको जानकारी दिएको छ । विद्यालयले स्वर्ण अवसर पारेर हाजिरी जवाफ, दौड, भलिबललगायत विविध कार्यक्रमहरु गर्नुको साथै उत्कृष्टहरुलाई पुरस्कृत समेत गरेको थियो ।

स्वर्ण महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्द बहादुर पुनले गर्ने विद्यालयले जनाएको छ । विद्यालयका प्रधानध्यापक सरोजभक्त आचार्यले आफनो कार्यकालमा विद्यालयले स्वर्ण वर्ष मनाउन पाउनु गर्वको विषय भएको बताए । ‘स्वर्ण महत्वसको समयमा विद्यालयको जिम्मेवारीमा बसेर शिक्षा दिन पाँउनु मेरो लागि अविस्मरणीय क्षण हो’, उनले भने, ‘हिजोका शिक्षक-शिक्षिका तथा हाल भइरहेका शिक्षक-शिक्षिकाको मिहिनेत तथा गुणस्तरीय शिक्षाले गर्दा यति लामो यात्रा सम्भव भएको हो ।’

विद्यालयका सहप्राध्यपक लक्ष्मण बाबु तिवारीले समाजका हरेक तहबाट विद्यालयलाई प्राप्त सहयोग मार्फत् नै यति लामो दुरी पार गर्न सफल भएको बताए । ‘हामीले गरेको मिहिनेतको परिणामा हो’, उनले भने, ‘हामीले दिनरात मिहिनेत गरेकै कारण आज यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थी वर्गले नयाँ ज्ञान प्राप्त गर्न सकेका छन् ।’ विद्यालयका सहप्राध्यापक डिल्लीमान श्रेष्ठले विद्यालयको शैक्षिक अवस्था उत्कृष्ट रहेको बताए । ‘विद्यालयमा अनुभवी शिक्षक/शिक्षिका हुँदा विद्यार्थीहरुलाई अध्ययन गर्न सहज छ’, उनले भने, ‘विद्यालयको अध्ययन मात्र होइन अतिरिक्त क्रियाकलाप राम्रो छ । हामी अध्ययन मात्र होइन विद्यार्थीको रुचिअनुसार खेलकुद, साहित्य, नयाँ सिर्जनालगायतको विषयमा समेत जोड दिन्छौँ ।’

मानविकी संकायका प्रमुख दिनेश खड्काले पछिल्लो समय कलेजमा संकायहरु थप गर्दै लगेको बताए । २०५५ सालदेखि व्यवस्थापन संकायबाट सुरु गरेको कक्षा ११ र १२ मा हाल विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा संकायमा समेत अध्ययन हुने गरेको उनको भनाइ छ । भूतपूर्व विद्यार्थी सबिना महर्जनले आदर्श सौल विद्यालय लामो समयदेखि गुणस्तरीय शिक्षा दिन सफल भएको बताइन् । ‘हामीले यही विद्यालयमा आर्जन गरेको शिक्षाका कारण आज बौद्धिक बन्न सफल भएका छौं’, उनले भनिन्, ‘यदि यो विद्यालयको अभाव तथा गुणस्तरीय शिक्षा नभएको भए त्यो सम्भव थिएन । त्यसैले आदर्श सौलमा अध्ययन गर्न पाउनुमा आफूलाई भाग्यमानी सम्झन्छु ।’ यस्तै अर्का भूतपूर्व विद्यार्थी ज्ञान महर्जनले विद्यालय सबैलाई पायक पर्ने स्थानमा, कम शुल्क र उत्कृष्ट शैक्षिक तथा भौतिक वातावरण रहेको बताए ।

विद्यालयले अध्ययन अध्यापनका साथै अक्तिरित्त क्रियाकलाप जस्तो खेलकुद, साहित्य, विज्ञानको आविष्कारलगायतको विषयमा समेत ध्यान दिँदा खुसी लागेको बताए । विद्यालयका शिक्षक केशव शर्मा, गोपाल घिमिरेलगायतका शिक्षकले भने पछिल्लो दिनमा विद्यालयमा सबै क्षेत्रका अभिभावक र विद्यार्थीको आकर्षण देखेर आफूहरुलाई खुसी लागेको तथा अध्यापनको लागि थप हौसला प्रदान गरेको बताए । विद्यालयलाई आजको अवस्थसम्म ल्याउनको लागि २७ वर्षसम्म प्रधानाध्यापकको रुपमा कार्यरत स्वर्गीय भीम प्रसाद सापकोटाको योगदान अविस्मरणीय र अतुलनीय रहेको हाल अध्यायपनमा संलग्न शिक्षक÷शिक्षिका तथा स्थानीयले बताए । विद्यालयको सुरुवाती नाम आर्दश सौलः युवक हाई स्कुल थियो भने रातो मच्छिन्द्रनाथ पार्टी रहेको मछिन्द्र बहालबाट पठनपाठन सुरु भएको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया