नेपाली सेनाको नेतृत्वमा सञ्चालित ‘सफा हिमाल अभियान’ सफलतापूर्वक सम्पन्न
काठमाडौं । नेपाली सेनाको नेतृत्वमा रोटरी क्लब अफ नागार्जुन तथा विभिन्न सरकारी दातृनिकायसँगको समन्वयमा सञ्चालन भएको सफा हिमाल अभियानको तेस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ ।
विश्व वातावरण दिवसको अवसरमा आइतबार होटल याक एन्ड यतीमा कोका–कोला फाउन्डेसनले समापन समारोह आयोजना गरेको थियो । कार्यक्रममा वातावरण विभागका महानिर्देशक गोपाल प्रसाद अर्याललगायत विभिन्न सरोकारवाला संस्थाहरु, अभियान साझेदारहरु र सरकारी अधिकारीहरुको उपस्थिति थियो ।
सफा हिमाल अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, कञ्चनजंघा, र मनास्लु गरी चार हिमालबाट ३३ हजार आठ सय किलोभन्दा बढी फोहोर (७,२२७ किलो कुहिने र २६ हजार छ सय ५० किलो नकुहिने) संकलन भएको छ । संकलन गरिएकोफोहोरलाई प्रमाणीकरणपश्चात् वर्गीकरण, प्रशोधन र पुनः प्रयोगको लागि रिसाइकल पार्टनरलाई हस्तान्तरण गरिनेछ ।
सफा हिमाल अभियानका निर्देशकले भने, ‘सफा हिमाल अभियानअन्तर्गत अभियानमा हामीले चारवटा हिमालबाट ३३ हजार किलो फोहोर संकलन गर्न सफल भएका छौँ । प्रतिकूल मौसमी अवस्था र अत्यधिक उचाइका कारण यो काम चुनौतीपूर्ण र जोखिमपूर्ण थियो तर अभियान पूरा गर्दै राष्ट्रको स्वाभिमान जोगाउने कार्यमा आफ्नो भूमिका निर्वाह गर्न पाएकोमा हामी खुसी छौँ । वातावरणसम्बन्धी जिम्मेवार संस्थाहरुको साझेदारी र उहाँँहरुको अथक सहयोगको लागि हामी आभारी छौँ । साथै यस अभियानको सुरुवातदेखि नै हामीलाई प्रदान गर्नुभएको निरन्तर सहयोगको लागि कोका–कोला फाउन्डेसनप्रति कृतज्ञ छौँ ।’
कोका–कोला फाउन्डेसनकी अध्यक्ष साडिया माड्सब्जर्गले भनिन्, ‘माउन्टेन क्लिन–अप क्याम्पेनसँग कोका–कोला फाउन्डेसनको साझेदारी भन्नु नै फोहोरमुक्त वातावरण निर्माणको लागि सम्बन्धित सबैलाई एक ठाउँमा ल्याउने हाम्रो दृढ प्रतिबद्धता हो । यी हिमालहरू आफ्नो प्राकृतिक सौन्दर्यको लागि विश्व प्रसिद्ध हुनुको साथै नेपालीहरुसँग सांस्कृतिक रुपमा पनि जोडिएका छन् । यस्तो मजबुत प्राकृतिक–संस्कृतिक बन्धनले वासस्थान संरक्षणमा प्रमुख भूमिका खेल्छ ।
हिमालयको प्राकृतिक सौन्दर्यलाई धेरै पछिसम्म सुरक्षित राखिरहनको लागि कोका–कोला फाउन्डेसनले सदैव सहयोग गरिरहनेछ र आशा छ कि यस्ता कार्यक्रमहरुले नेपाल र विश्वभर नै अझ बढी जलवायुसम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्न हौसला दिनेछ ।’
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- दुई हजार १० अंकमा खुम्चियो सेयर बजार
- पाकिस्तानको आर्थिक पुनरुत्थान निरन्तर : केन्द्रीय बैंक
- चिनियाँ क्यासिनो सञ्चालक बैंककमा पक्राउ
- युरोपमा खडेरी : नदी सुक्न थाले, माछासहित कृषि उत्पादन प्रभावित
- श्रीलंकाले चिनियाँ जासुस जहाजलाई हम्बनटोटा बन्दरगाहमा अनुमति दिने
- औषधिमाथिको प्रतिबन्ध मानवतामाथिको अपराध : युक्रेन
- बजार परिसूचक दुई हजार ३७ दशमलव ९२ विन्दुमा
- माछापुच्छ्रे बैंकद्वारा भाटभटेनी सुपरमार्केटलाई नेपाल–पे क्यूआर कोड हस्तान्तरण
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया